• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्थापित चरित्र गुमाउँदै माधव नेपाल

Byspainnepal

Dec 19, 2020

काठमाडौं, ३ पुस–नेकपाका दुई अध्यक्षबीच औपचारिक र अनौपचारिक पार्टी र सरकार लगायतका बिषयमा संवादहुँदा त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्नेमा पार्टीभित्रको एउटा पंक्तिमा भने बेचैनी बढ्छ । दुई अध्यक्षबीच सल्लाह र परामर्शमा पार्टी र सरकार सञ्चालनगर्ने बिषयमा गृहकार्यहुँदा त्यसलाई सकारात्मकरुपमा लिनुपर्नेमा उक्त समुहमा चिन्ता र असन्तुष्टि देखा पर्दछ । दुई अध्यक्षबीच देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रमहरु तय गरेर अघि बढ्न दबाब दिनुपर्नेमा उक्त समुहले दुई अध्यक्षलाई सहमतिमा पुग्न कहिल्यैपनि दिदैन् । 

यो दुर्भाग्य हो कि उक्त समुहको नेतृत्व पुर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले गरिरहनुभएको छ । १५ बर्ष पार्टी नेतृत्व र करिब २२ महिना सरकारको नेतृत्व गर्नुभएका नेता नेपालको आम पहिचान समन्वय नेताको रुपमा स्थापित भएको थियो । चाहे आफ्नै पार्टीभित्र होस, वा विभिन्न पार्टीहरुबीच महत्वपुर्ण राजनीतिक विकास वा विवादहुँदा नेपालले समाधानका लागि विभिन्न पक्षबीच समन्वय गर्नुभएकै हो । 

पार्टी र सरकार सञ्चालन गरिरहँदा देश र नागरिकले संझनलायक काम के गर्नुभयो ? त्यो ठ्याक्कै भन्न सकिदैन तर महत्वपुर्ण राजनीतिक आन्दोलनहरुमा नेता नेपालको भूमिका महत्वपुर्ण रहयो । नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीदेखि माओवादीलाई शान्तिपुर्ण राजनीतिमा ल्याउन नेपाली काँग्रेससँग लोकतन्त्रका निम्ती गठबन्धनगर्न लगायतका राजनीतिक कदमहरुमा नेपालको भूमिका देखिएकै हो । तर पछिल्लो तीनबर्षमा नेता नेपालले आफ्नो स्थापित पहिचान गुमाउँदै गएको देखिदैछ । खासगरि तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐतिहासिक पार्टी एकताको निर्णय गरेदेखि नै नेता नेपालको भूमिका फरक देखिदै आयो । 

दुईपार्टी बीचको एकता गर्ने निर्णय प्रक्रियामा आफुलाई सहभागि नगराएको भन्दै उहाँले भित्र भित्रै असन्तुष्टि राख्दै आउनुभयो तर सार्वजनिक रुपमा एकताको बिरोध गर्न सक्नुभएन । किनकि यो एकता ‘समृद्ध नेपाल र सुखी नेपाली’ निमार्णतर्फको एउटा ऐतिहासिक आरम्भ थियो । एकताको सार्वजनिक बिरोधगर्दा आलोचित हुन्छु भन्ने लागेको थियो जुन स्वभाविक पनि थियो । त्यसपछिका हरेक गतिविधि र किर्याकलापमा उहाँ ओली र प्रचण्डसँगै देखिनु त भयो तर भित्रभित्रै आफ्नो असन्तुष्टि र आक्रोष पनि व्यक्त गर्दे आउनुभयो ।

जनताले ओलीलाई प्रधानमन्त्रीको रुपमा स्थापित गर्न चाहेको र त्यसै बमोजिम पार्टी निर्वाचनमा होमिएको थियो । जसप्रति नेता नेपालको सार्वजनिक विरोध त थिएन तर ओली शक्तिसाली हुँदैगरेको उहाँलाई मन परेको थिएन् । त्यसमापनि पार्टी एकता गरेपछि अग्लिएको ओलीको छविप्रति नेपाल ईष्यालु बन्दै जानुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाप्रति सम्भवत अलि फरक आंकलन गरेर अपेक्षा गरेभन्दा अघि नै पार्टी वा सरकारको नेतृत्व गर्ने अवसर आउला भन्ने ठानेका नेता नेपालको सोच अनुरुपको अवस्था देखा परेन, दोस्रो मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो भयो भने थप सक्रियतापनि देखा परयो । त्यसो त प्रधानमन्त्रीको यो सक्रियताले प्रचण्डलाई पनि निराश नबनाएको होइन तर ओलीपछिको राजनीतिक नेतृत्व आफुँमा नै आउँछ भन्नेमा उहाँमा विश्वास देखिन्थ्यो । 

यहाँनेर आइपुगेपछि भने नेता नेपालले प्रचण्डलाई प्रधानमन्त्री ओलीबिरुद्ध भड्काउन थालेको देखिन्छ । ओलीले प्रचण्डलाई कुनैपनि पद नदिने, नछाडने र ओली आफुले चिनेको भन्दै प्रचण्डलाई ओलीबिरुद्ध उचाल्न थाल्नुभयो । त्यसैको परिणाम आज सत्तारुढ पार्टीमा गम्भिर संकट देखा परयो । आफुले पार्टी र सरकार कनुैपनि नेतृत्व गर्न नपाउने देखेपछि नेपालको एकमात्र एजेन्डा बन्यो ओली– प्रचण्डलाई मिल्न नदिने । दुई अध्यक्ष मिल्दा र उहाँहरुबीच समझदारीहुँदा आफ्नो राजनीतिक हैसियत नहुँने देखेपछि उहाँ विवाद बनाउनमै लागिरहनु भयो ।

हुँदाहुँदा नेता नेपाल यति तल्लो स्तरमा उत्रिनुभयो कि उहाँका पछिल्ला केही टेलिभिजन अन्तरवार्ता हेर्दा पार्टी कार्यकर्ता र नागरिकहरु समेत लाज मान्ने स्थितीमा पुगेका छन् । प्रधानमन्त्री ओलीबिरुद्ध अत्यन्तै तल्लोस्तरमा उत्रिएर उहाँका वक्तव्य र व्याख्यानबाजी निराधार, अप्रमाणित र कपोकल्पित मात्रै छैनन् अत्यन्तै व्यक्तिगत आग्रह, कुण्ठाले भरिएका छन् । 

उहाँले प्रधानमन्त्री ओलीका वारेमा गरेका टिप्पणी र ओलीलाई राजनीतिक रुपमा साथदिदै आएका राजनैतिक नेता, स्वाभिमानी नेपाली नागरिकका लागि समेत अपमानजनक छन् । यथार्थ यो हो कि अहिले पनि ओलीको तुलनामा नेता नेपालको कद होचो नै देखिन्छ । नेताको छवि कि पार्टी नेतृत्वगर्दा कि सरकारको नेतृत्व गर्दा बन्ने हो तर नेपालले देश र जनताका निम्ती त्यस्ता कुनै ऐतिहासिक काम गर्न नसकेका कारण फरक खालको पहिचान बनाउन सक्नुभएन । उता ओलीले भने चीनसँग पारवहनको ऐतिहासिक सहमतिदेखि भारतले मिचेको लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्म आईपुग्दा गरेका करिब आधा दर्जन ऐतिहासिक कामले ओलीको अग्लो पहिचान निमार्ण भयो । जसप्रति नेता नेपाल भित्रभित्रै जल्छन् र पीडामा नानाथरिका आरोपमा उत्रनुहुन्छ  ।

अहिले दुई अध्यक्षबीच सहमतिको प्रयास भईरहँदा त्यसका एकमात्र बाधक बन्नुभएका नेता नेपाल आफुले कुनैपद पाउने अवस्था नरहेमा पार्टी सग्लो रहनुपर्छ र एकता कायम रहीरहनुपर्छ भन्नेमा हुनुहुन्न । आफूले पद पाए एकता जोगाउनुपर्छ भन्ने तर दुई अध्यक्ष मिल्दा, सरकारले राम्रो कामगर्दा र पार्टीपनि प्रभावकारी बन्दा दुई अध्यक्षकै नेतृत्वमा अघि बढ्ने भएपछि उहाँ भाडभैलो गरेर पार्टीपनि सिध्याउने र नेकपाको सरकारप्रति पनि वितृष्ण पैदागर्ने आत्मघाती राजनीतिक धन्धामा हुनुहुन्छ ।

यो व्यक्तिगत र निहित स्वार्थमा नेता नेपालको राजनीतिलाई दुई अध्यक्ष र पार्टीपंक्तिले बेलैमा बुझेर राजनीतिलाई सहि दिशामा फर्काउने प्रयास गर्नुपर्दछ । स्वयं नेता नेपालले पनि यदि कम्युनिष्ट पार्टीको र देशको हित चाहनुभएको हो भने ‘फुटाउँ र राजनीतिक गर होइन, एकतालाई थप बलियो बनाउ र अवसरहरुको क्रमश हस्तान्तरण गर’ भन्ने सोचलाई अघि बढाउनुपर्दछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *