• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले दियो राजिनामा

Byspainnepal

Jan 15, 2021

द्रोण रिजाल, नेदरल्यान्ड्स | कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले राजिनामा दिएको छ । सन २०१० देखि नेदर्ल्याण्ड सरकारबाट प्राप्त हुने बालबालिकाको डे केयर को भत्तामा नेदर्ल्याण्डको कर कार्यालयले ठुलो गल्ती गरि २५ हजार भन्दा बढि मान्छे पीडित हुन पुगेको सरकारले स्वीकार गरेको छ ।

यसले सरकार प्रती जनताको विश्वाशमा कमि हुने भएकाले जनतासंग गल्ति स्वीकार गर्दै मन्त्री परिषदको बैठकले राजिनामा दिएको हो । चुनाव भन्दा दुई महिना अघि आएको यो राजिनामा एक प्रतीकात्मक कदम हो । तर यो संगै मन्त्रिपरिषद्ले भनेको छ कि हामी सबै लाभका लागि जिम्मेवार छौं र हामी त्यो जिम्मेवारी पनि लिन्छौं । काम गर्ने परिवारलाई बालबालिका ख्याल गर्न आर्थिक सहयोग दिने नेदरल्यान्ड्सको कर कार्यालयको हिसाबमा प्राबिधिक गडबडी भएको बिषय सरकारले नैतिक जिम्मेबारी लिंदै राजिनामा दिएको हो । राजनैतिक वा आर्थिक कुनै घोटाला नभएपनि सरकारी कर्मचारीको प्राबिधिक गल्तीमा पनि सरकारले जनता प्रति माफी माग्दै प्रभावित प्रति परिवार ३० हजार युरो प्रदान गर्ने र गल्ति ले गत दशकमा पर्न गएको तनाब र क्षतिप्रति आत्माग्लानी सहित सरकारले जिम्मेबारी लिएको छ । संसदीय समितिको छानबिनबाट यो तथ्य सार्बजनिक भएको थियो । मार्च २०२१ मा हुन गैररहेको प्रतिनिधिसभाको निर्वाचन पछि मात्र नयाँ सरकार बन्ने छ, त्यतीबेला सम्म बिघटित काम चलाउ सरकारले नै निर्वाचन पनि गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *