• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनका अस्पतालहरुमा कोरोना संक्रमितको चाप

Byspainnepal

Jan 14, 2021

भ्यालेन्सिया र कातालोनियामा इमरजेन्सी बाहेकका सेवा स्थगित

स्पेन, १४ जनवरी / स्पेनमा केहि दिन यता कोरोना संक्रमण उच्चदरमा बढेको छ । बुधवार मात्रै स्पेनमा ३९ हजार नयाँ केस भेटिएका थिए भने १ सय ९५ जनाको मुत्यु भएको थियो । कोरोना संक्रमण उच्चदरमा बढेपछि स्पेनका अस्पतालहरुमा विरामीको चाप बढेको छ । अस्पतालहरुमा बिरामीको चाप बढेपछि भ्यालेन्सिया कम्युनिटी र कातालोनियाका अस्पतालहरुले अत्याबश्क बाहेकका सेवाहरुलाई पछि सारेको छ । पछिल्लो १५ दिनमा ६९ प्रतिसतले अस्पतालमा विरामीहरु बढेको र आइसियुका बिरामी ४४ प्रतिसतले बढेको स्पेनिश पत्रिका एलपाइसले लेखेको छ । कोरोना संक्रमितको चाप बढेपछि अस्पताललेहरु अत्याबश्यक नरहेका शल्यक्रिया र चेकचाँचका अपोइन्टमेन्टहरुलाई पछि सारेको छ । भ्यालेन्सिया कम्युनिटीले अस्पतालहरुमा परेको चाप कम गर्न २८० स्थानमा फिल्ड अस्पताल निर्माण गर्दैछ भने केहि नीजि अस्पतालहरुलाई समेत खाली गराएको छ ।

स्पेनिश पत्रिका द लोकलका अनुसार गत बर्ष मार्चकै जस्तो दवाव शुरु हुन थालेकोले फेरी लकडाउन गर्न केहि विशेषज्ञहरुले सुझाव दिएका छन् । तर सरकारले यसको अधिकार स्थानीय सरकारहरुलाई दिएको छ । गत क्रिसमस र नयाँ बर्षमा भएको चहलपहलका कारण स्पेनमा शुरु भएको कोरोनाका तेस्रो लहर खतरनाक भएको बिज्ञहरुले बताएका छन् । धेरै स्थानीय सरकारहरुले कडाईका नियमहरु लागु गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *