• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

कोभिडबाट विश्वमा २० लाखको ज्यान गयो / स्पेनमा एकै दिन ४० हजार संक्रमण

Byspainnepal

Jan 15, 2021

स्पेन, १५ जनवरी / कोरोना भाइरसले विश्वमा २० लाख मानिसको ज्यान लिएको छ । २०१९ को डिसेम्वरमा चीनबाट शुरु भएको कोराना भाइरसले २०२१ लागिसक्दा पनि विश्वलाई उत्तिकै सताईरहेको छ । २०२१ को सुरुवातदेखि धेरै देशहरुले प्रतिरोधात्मक क्षमता बढाउने भ्याक्सिन लगाउन शुरु गरेका छन् । यसको प्रभाव कस्तो रहन्छ भन्ने कुरा अझै देखिइसकेको छैन् । यो १ बर्षमा कोरोना भाइरसबाट विश्वमा ९ करोड ३८ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन भने ति मध्ये ६ करोड ७० लाख निको भएका छन् । २० लाख १० हजारको मृत्यु भएको छ । कोरोनाबाट अमेरिकामा सवैभन्दा धेरै ३ लाख ९८ हजार को ज्यान गएको छ । ब्राजिलमा २ लाख ७ हजार र भारतमा डेड लाख मानिसको मृत्यु भएको छ ।
स्पेनमा शुक्रवार अहिलेसम्मकै धेरै कोरोनाको संक्रमण भएको छ । २४ घण्टामा थप ४० हजार १ सय ९७ जनालाई कोरोना संक्रमण भएको छ । यो कोरोना शुरु भएपछिकै सवैभन्दा ठुलो सख्या हो । यस्तै २४ घण्टामा २ सय ३५ जनाको मृत्यु भएको छ । यस्तै भ्यालेन्सिया कम्युनिटीमा २४ घण्टामा ७ हजार ४ सय ९७ जनालाई थप संक्रमण भएको छ भने २२ जनाको मृत्यु भएको छ । भ्यालेन्सियामा ४ हजार २ सय २३ , आलिकान्तेमा २ हजार ३ सय २३ जना र कास्तियोनमा ९ सय ४५ जनालाई थप संक्रमण भएको छ । स्पेनमा शुरु भएको कोरोनाको तेस्रो लहरमा दिनँहु संक्रमणको दर बढ्न थालेपछि धेरै स्थानीय सरकारहरुले कडाईका नियम लागु गरेका छन् । शुक्रवारदेखि म्याड्रिड, आरगोन र कास्तिया इ लियोनले थप कडाईका नियम लागु गरेका छन् । म्याड्रिडमा ११ वजेदेखि कर्फर्यु लगाइएको छ भने बार तथा रेष्टुरेन्टहरु १० वजेदेखि बन्द गर्नुपर्नेछ । कास्तिया इ लियोनमा बेलुका ८ वजेदेखि कर्फर्यु लगाईएको छ । मुर्सियाका अस्पतालहरुमा भ्यालेन्सियामा जस्तै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *