• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

दि भ्वाइस अफ नेपालको कोचमा आस्थाको ठाँउमा तृष्णा

Byspainnepal

Jan 13, 2021

काठमाण्डौं, १३ जनवरी/ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा ल्याईएको हो ।
‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताइन् । ‘अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ ।

शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् ।यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *