• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

स्पेनको बार्सिलोनामा सोमवार “ईन्द्रेणी साँस्कृतिक साँझ” हुँदै

Byspainnepal

Jul 10, 2022


नेपाली जनप्रगतिशील मञ्च, स्पेनको आयोजनामा सोमवार स्पेनको बार्सिलोनामा “ईन्द्रेणी साँस्कृतिक साँझ २०२२ ” कार्यक्रम हुने भएको छ । लोकप्रीय टेलिभिजन कार्यक्रम “ईन्द्रेणी” का सञ्चालक कृष्ण कंडेलको सहभागीतामा उक्त कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष बिशाल ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन ईन्द्रेणी साँस्कृतिक बिकास केन्द्रका सञ्चालक कंडेल सहित गायक तथा सर्जक कृष्ण रेउले बार्सिलोना आइसक्नु भएको छ । कार्यक्रममा उहाँहरु सहित बार्सिलोनामै बसोबास गर्नु हुने कलाकार सुमी घिमिरे सापकोटाको सांगितिक प्रस्तुती रहने छ । ईन्द्रेणीको टिम पोर्चुगलको कार्यक्रम सकेर बार्सिलोना आइपुगेको हो ।

नेपालबाट लोकप्रीय कार्यक्रम सञ्चालक तथा कलाकारहरु स्पेनमा आउँदा उहाँको स्वागत सम्मान सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ । साथै मञ्चले सोमवार बेलुका साडे पाँच बजे शुरु हुने उक्त कार्यक्रममा सहभागी भै सफल पारिदिन सबै स्पेनबासी नेपालीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन निशुल्क प्रवेशको ब्यवस्था गरिएको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *