• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

यूरो जोनमा मन्दिको खतरा – २० बर्षपछि डलर र यूरो बराबरी

Byspainnepal

Jul 13, 2022

अमेरिकी डलर र यूरोपियन मुद्राको भाउ २० बर्षपछि एउटै लाइनमा आएको छ। अर्थात एक यूरो बराबर एक अमेरिकी डलर कायम भएको छ।

रुसले युक्रेनमाथि गरेको आक्रमण पछि यूरोपको अर्थतन्त्र मन्दीतर्फ धकेलिएको र अमेरिकी डलरको भाउ बढ्दै गएकाले दुबैको भाउ बराबरीमा आएको हो । पछिल्ला चार महिनायता डलरको भाउ निरन्तर बढ्ने र यूरो घट्ने हुँदा मंगलवार एक बराबर एकमा आएको हो।

रुस-युक्रेन युद्ध र कोभिड पछाडिको बैश्विक आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र यूरो घट्ने भइरहेको छ।

यसको अर्थ हो, यूरोपियन कम्पनीहरु तथा उपभोक्ताहरुले वस्तु सेवा खरिदका लागि पहिलेको तुलनामा बढी मूल्य चुकाउनुपर्ने छ । साथै, यूरोपबाट हुने निर्यात अन्तर्राष्ट्रिय बजारमा केही सस्तो हुनेछ ।

गत फेब्रअुरीमा १ यूरो बराबर १.१३ डलर थियो । तर यूरोको भाउ पछिल्लो एक सातामा नाकटीय रुपमा घटेको हो । रुसमाथि पश्चिमाहरुको प्रतिबन्धपछि समस्या उत्पन्न भएको हो । यूरोपमा खपत हुने अधिकांश उर्जाको स्रोत रुस हो । हालसम्म १२ यूरोपियन देशहरुले रुसबाट आपूर्ति हुने ग्यासको पूर्ण तथा आंशिकरुपमा पाउन छाडेका छन् ।

रुसबाट जर्मनका लागि ग्यास आउने नोर्ड स्टिम १ पाइपलाइनबाट यसै साताको शुरुवातदेखि १० दिनको ममर्तका लागि आपूर्ति पूर्णरुपमा बन्द भएको छ । र, यो आपूर्ति १० दिनपछि खुल्नेछ वा अझै लामो समयसम्म लम्बिने छ भन्ने यकिन भइसकेको भने छैन । यदि यो लम्बियो भने जर्मन स्वतह मन्दिमा प्रबेश गर्नेछ ।

ब्लूमबर्ग टीभीकी सम्पादक फ्रान्सिन लाकाका अनुसार, यूरोको अधोगति द्रुत तथा कठोर छ । डलरले अहिले उच्च प्रगति गरिरहेको छ । युक्रेनमाथि रुसको आक्रमणले युरोजोनको भविष्य अन्धकारमय बनाएको छ ।

सन् २०२२ मा मात्र अमेरिकी डलरको तुलनामा यूरो १२ प्रतिशतले खस्केको छ । युक्रेन युद्धका कारण इन्धनको मूल्य बढेकाले युरोपेली अर्थतन्त्रहरू चोटिल भएका छन् । अझ अमेरिकाको फेडरल रिजर्भले थप आक्रामक दर वृद्धि गर्ने सम्भावना रहेकाले यूरोको अझै बढी पतन हुने सम्भावना छ ।

यस्तै नेपाली मुद्रा पनि अहिलेसम्मकै सस्तो भएको छ। एक डलरको भाउ १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। यो भनेको नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरिदिएको रिफ्रेन्स रेट हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *