• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

मंकीपक्स यूरोपमा बच्चाहरुमा पनि देखिन थाल्यो, एनआरएनए स्पेनले मंकीपक्सबारे सचेतना कार्यक्रम गर्दै

Byspainnepal

Jul 2, 2022

बिश्वका ५१ देशमा पुगिसकेको मंकीपक्स रोगबाट यूरोपेली देशहरुमा बच्चाहरु पनि संक्रमित हुन थालेको पुष्टि भएको छ । सवैभन्दा धेरै संक्रमित बढिरहेको यूरोपमा बच्चाहरुमा समेत देखिन थालेपछि चिन्ता बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार युके, जर्मन, फ्रान्स र स्पेनमा बच्चाहरुमा यो रोग पुष्टि भएको छ । युकेमा २ जना, जर्मन, फ्रान्स र स्पेनमा एक/एक जना स्कुले बालबालिकामा मंकीपक्स पुष्टि भएको हो । अहिलेसम्म विश्वका ५१ देशमा साडे ५ हजार जना यो रोगबाट संक्रिमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई अहिलेसम्म विश्व स्वास्थ्य संकट घोषणा गरेको छैन तर गत शनिवार बसेको संगठनको पछिल्लो बैठकले मंकीपक्सको बढ्दै गरेको संक्रमण र खासगरी बच्चा तथा युवाहरुमा देखिन थालेको संक्रमणले चिन्ता बढाएको भन्दै यो रोगलाई हेर्ने दृष्टिकोणमा पुर्नबिचार गर्ने अबस्था आएको निश्कर्ष निकालेको छ । स्पेनमा अहिलेसम्म १ हजार ५ सय जनामा मंकीपक्स संक्रमण भएको पुष्टि भएको छ । मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता समस्या देखापर्ने गरेका छन् । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको छ ।

यसैबीच गैर आवासीय नेपाली संघ स्पेनले मंकीपक्सको बढ्दो संक्रमणसँगै जोखिम बाट बच्न विदेशमा रहेका नेपालीहरुलाई सचेत बनाउने उध्येश्यले सचेतना कार्यक्रम आयोजना गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय समिती अन्र्तगतको स्वास्थ्य  समितीसँगको सहकार्यमा डाक्टरहरुसंग परामर्श कार्यक्रम आयोजना गरिएको एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिनुभयो । यही जुलाई ३ तारिक आइतवार स्पेनको समय अनुसार बेलुकी ६ वजे जुम माफर्त हुने उक्त कार्यक्रममा सहभागी भै पंकीपक्स रोग र यसबाट बच्ने उपाएका बारेमा जानकारी लिनुहुन उहाँले सवैलाई आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा एनआरएनए स्वास्थ्य समितीका चेयरमेन डाक्टर सञ्जिव सापकोटा, एनआरएनए यूरोप स्वास्थ्य  समितीका कोर्डिनेटर डाक्टर बोधराज सुवेदी र फिजिसियन डाक्टर सागर पौडेलले पंकीपक्स रोग र यसबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिनुहुने छ । उक्त कार्यक्रममा सहभागी भै डाक्टरहरुलाई जिज्ञाशा समेत राख्न सकिने एनआरएनए स्पेनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *