• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

नेपाली बक्सर म्याक्स बस्नेत बने स्पेनमा भएको इन्टरनेशनल बक्सिङ कपको च्याम्पियन

Byspainnepal

May 28, 2022

विश्व बक्सिङ महासंघको आयोजनामा स्पेनको लेइदामा भएको इन्टरनेशनल बक्सिङ कपमा नेपाली बक्सर म्याक्स बस्नेत च्याम्पियन भएका छन् । प्रतियोगितामा स्पेनिश च्याम्पियन रामोन मेलगार रोमाचोलाई हराँउदै च्याम्पियन बनेका उनी आगामी बर्ष स्पेनमै हुने विश्व बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएका छन् ।

युरोप सहित विश्वका २० भन्दा धेरै देशहरुबाट बक्सिङ खेलाडीहरु सहभागी भएको उक्त च्याम्पियनसीपमा विभिन्न इभेन्टका म्याचहरु भएका थिए । नेपालका १४ पटकका राष्ट्रिय विजेता बक्सर बस्नेतले जीतपछि नेपाली झण्डा फहराउदै युरोपमा आएर नेपालको प्रतिनिधित्व गरी विजयी हुँदा धेरै खुसी लागेको बताए । म्याक्सले युरोपमा नेपाली खेलाडीले खेल्ने अवसर पाउनु ठूलो कुरा रहेको बताए ।


लिगामेन्टको चोटका कारण १३औं साग गुमाएँका बस्नेत ४ बर्षपछि रङिमा उत्रिएका हुन ।
ठुलो प्रतियोगिता भएकोले खेल अघि केही नर्भस भएपनि खेल शुरु भएपछि आफ्नो २ दशक लामो अनुभवको प्रयोग गर्दै विजयी भएको उनले बताए । आफ्नो यो सफलतापछि अन्य खेलाडीको लागि पनि अवसर खुल्ने म्याक्सले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *