• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

नक्कली भिषा बोकेर अमेरिका हिडेका १५ नेपाली स्पेनको म्याड्रिडमा पक्राउ

Byspainnepal

May 26, 2022

नक्कली कागजपत्र र विभिन्न देशको नक्कली भिसा बोकेर बोलिभिया हुँदै अमेरिका जान हिडेका करिब १५ जना नेपालीलाई स्पेन प्रहरीले म्याड्रिड बिमानस्थलमा पक्राउ गरेको छ । म्याड्रिडको बादाखोस बिमानस्थलमा ट्रान्जिट भै बोलिभियाको लागि उड्न लागेको समयमा पक्राउ परेका नेपालीहरुका अनुसार अबैध तरिकाले अमेरिकाका लागि यात्रा गर्ने यो ग्रुपमा करिब १५ जना रहेको र सवैलाई प्रहरीले पक्रेर सोधपुछ जारी राखेको बुझिएको छ । उनीहरु नेपालबाट भारत, युएई हुदै दक्षिण अफ्रिका, केन्या लगायतका मुलुक बाट मोरक्को आएर स्पेन प्रवेश गरेका थिए ।
स्पेन आईपुगेकाहरुको बोलिभियाा र कोलम्बियाको टिकट थियो । तर स्पेन प्रहरीले चेकजाँजको क्रममा सवैको कागजात र भिषा नक्कली पाएपछि पक्राउ गरेर सोधपुछ गरिरहेको छ । उनीहरु मध्ये बुधवारसम्म ५ जनाको सोधपुछ सकिएको स्पेन प्रहरीको आमन्त्रणमा भाषा अनुवादका लागि पुग्नुभएका म्याड्रिड निवासी शिबराज सिग्देलले जानकारी दिनुभयो । नेपालीहरुसँगै अबैध कागजातका साथ यात्रा केही गरिरहेका भारतीय नागरिकहरु पनि पक्राउ परेको उहाँले बताउनुुभयो । स्पेन प्रहरीले नेपालीका लागि भारतीय भाषा अनुवादक र भारतीय नागरिकका लागि नेपाली भाषा अनुवादकको प्रयोग गरेको उहाँले बताउनुभयो । सोही क्रममा भेटिएका नेपालीहरुसँग गरेको कुराकानीका आधारमा पक्राउ परेका नेपालीहरुले अबैध तरिकाले अमेरिका यात्राका लागि ३० लाख रुपैयाँसम्म बुझाएको बताएका छन् । उहाँका अनुसार कसैले त्यो भन्दा कम र कसैले अझ धेरै रकम दलाललाई बुझाएको देखिएको छ । उहाँका अनुसार पक्राउ परेका कसैले पनि आफुहरुलाई पठाउने दलालको नाम नबताएको र स्पेन प्रहरीले सम्भावित दलालहरुको फोटो सहित प्रश्न गर्दा समेत आफुहरुले नचिनेको बताएको सिग्देलले बताउनुभयो । पक्राउ परेका नेपालीहरु मध्ये २ जनालाई बिहिबार मोरक्को फिर्ता गर्न लागिएको र बाँकी अरुको पनि डिपोर्टका लागि लागि प्रक्रिया शुरु गरिएको उहाँले जानकारी दिनुभयो । तर शरणार्थी आबेदन मार्फत स्पेनमा बस्न पाउने अबस्था देखिएकोले केही नेपालीहरुले शरणार्थी आबेदन दिएर स्पेनमै बस्ने तयारी गरेको समेत उहाँले जानकारी दिनुभयो । स्पेन प्रहरीले पक्राउ गरेका सवै नेपाली र भारतीय नागरिकलाई न्युनतम मानव अधिकारको रुपमा प्राप्त हुने सुविधा सहितको बन्धकमा राखिएको उहाँले बताउनुभयो ।

यसअघि करिब ६ महिना अघि पनि अबैध रुपमा अमेरिका जानका लागि ट्रान्जिटको रुपमा स्पेनलाई प्रयोग गरेका ३ जना नेपाली म्याड्रिडमा पक्राउ परेका थिए । यसले अबैध रुपमा अमेरिका प्रवेश गराउन मानव तस्करहरुले नयाँ रुटको रुपमा स्पेनलाई प्रयोग गर्न थालेको देखिएको छ ।
नेपालबाट अबैध रुपमा अमेरिका मानव ओसारपसार गर्ने गिरोहले नेपालबाट पहिले भारत नै पुर्‍याउने वा भिजिट भिसामा दुबई, अबुधाबी, थाइल्यान्ड र अनअराइभल भिसामा सिंगापुर लगेर त्यहाँबाट सेटिङ गरी कम्बोडिया र भियतनाम हुँदै खाडी मुलुक र त्यसपछि अफ्रिका वा सिधै दक्षिण वा मध्य अमेरिकी मुलुक पुर्‍याउने गरेका थिए । मुख्यतः बोलिभिया, पानामा, कोस्टारिका, पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट अमेरिका प्रवेशको पछिल्लो विन्दु मेक्सिको बनाइन्छ । मेक्सिकोमा नेपालीहरू एजेन्टको रूपमा रहेको बताइन्छ । मनव तस्करहरुले दक्षिण वा मध्य अमेरिकी मुलुकहरुबाट हिडाएर अमेरिका प्रवेश गराउने गरेका छन् । यो जोखिमपुणर् यात्रामा केही नेपालीहरु ट्रान्जिटबाटै फर्किन्छन भने केहीले यात्राका क्रममा ज्यान गुमाउछन त केही अमेरिका छिर्न सफल हुन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *