• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेनको संरक्षक सल्लाहकार मनोनयन विवादित, नोट अफ डिसेन्ट देखि पद अस्विकार सम्म

Byspainnepal

Mar 5, 2022

गैर आवासीय नेपाली संघ स्पेनले निर्वाचित भएको ७ महिना पछि गठन गरेको संरक्षक परिषद् र सल्लाहकार समिती विवादित बनेको छ । आफ्नो स्विकृती विना मनोनित गरिएको भन्दै संरक्षकमा मनोनयन गरिएका एक जनाले पद अस्विकार गरेका छन भने विधानको ब्यवस्था विपरित २१ जना सल्लाहकार मनोनयन गरिएको भन्दै कार्यसमिती भित्र र बाहिर समेत विरोध भएको छ । संरक्षकमा मनोनयन भएका एनआरएन स्पेनका पुर्व अध्यक्ष तथा बर्तमान युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ शुक्रवार एक विज्ञप्ती निकालेर पद अस्विकार गर्ने घोषणा गरेका छन् । उनले आफ्नो इच्छा नभएको बताए पनि मनोनयन गरिएको तथा संरक्षक र सल्लाहकार मनोनयन विधान र प्रक्रिया सम्बत नभएको आरोप लगाएका छन् ।

यस्तै विधानको ब्यवस्था अनुसार ७ जना सल्लाहकार हुनुपर्नेमा विधान विपरति २१ जना मनोनयन गरिएको भन्दै कार्यसमितीका उपाध्यक्ष कृष्णराम रानाभाटले निणर्यमा नोट अफ डिसेन्ट लेखेका छन् । उनले सल्लाहाकारमा निणर्य पुस्तिकामा पहिले लेखिएको नाम हटाएर पछि अरु नै ब्यक्तिको नाम राखिएको आरोप समेत लगाएका छन् ।

यता एनआरएन स्पेनका अध्यक्ष शालिकराम डुम्रेले भने आफुहरुले सवैलाई समेटर जाने सोचले संरक्षक र सल्लाहकार मनोनयन गरेको दावी गरे । उनले संरक्षकको मनोनयन विधान अनुसार नै गरिएको र सल्लाहकार पनि विधानको ब्यवस्था अनुसार नै पछि संसोधन गर्ने गरी नियुक्त गरिएको बताए । एनआरएनको पुर्व कार्यसमितीले समेत विधानको ब्यवस्था भन्दा धेरै सल्लाहकार मनोनयन गरेको उदाहरण रहेको भन्दै आफुहरुले सबैलाई समेटेर जाने हिसावले सल्लाहकार नियुक्त गरिएको बताए । उनले स्पेन स्थित सबै संघसस्था र क्षेत्रहरुलाई समेटेर मनोनयन गरिएको बताए ।

यो पनि पढ्नुहोस

https://bit.ly/3Hzup0Y एनआरएन स्पेनद्वारा सल्लाहकार र संरक्षक परिषद गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *