• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

युक्रेनबाट म्याड्रिड आएका ३४ नेपाली पोर्चुगल प्रस्थान, एनआरएन स्पेनको सहयोग

Byspainnepal

Mar 5, 2022

युक्रेन र रसिया युद्धबाट बिस्तापित भै युक्रेन छाडेका ३४ जना नेपालीहरु म्याड्रिड हँदै पोर्चुगल प्रस्थान गरेका छन।। कयौं दिन सम्म हिडेर युक्रेनको बोर्डर क्रस गरेका उनीहरु बस र ट्रेनमार्फत १० दिनमा शुक्रवार बेलुका स्पेनको म्याड्रिड आई पुगेका थिए । उनीहरुलाई म्याड्रिडमा एनआरएनए स्पेनको सहयोगमा खान र बस्ने ब्यस्था गरिएको एनआरएन स्पेनले जनाएको छ ।
युद्धका कारण विस्थापित भै अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने एन आर एन स्पेन को उद्देश्य अनुरुप तुरुन्त आबाश्यक समन्वय गरी सहयोग गरिएको एनआरएन स्पेनका अध्यक्ष शालिकराम डुम्रेले बताउनुभयो ।

संघका उपाध्यक्ष रोशन पाठक, पुर्ब अध्यक्ष तथा बर्तमान संरक्षक एकराज गिरी, क्षेत्रिय समिती म्याड्रिड अध्यक्ष मेघनाथ ढकाल, ज.स.स म्याड्रीडका बरिष्ठ उपाध्यक्ष हर्क बहादुर थापा , धीरज खड्का लगायतको उपस्थितीमा उनीहरुलाई सहयोग गरिएको उहाँले बताउनुभयो । युक्रेनबाट आएका सवै नेपालीहरुले पोर्चुगल जाने बताएकोले पोर्चुगल जाने ट्रेनको प्रबन्ध र बसाई ब्यबस्थापन गरी शनिवार बिहान पोर्चुगल पठाइएको एनआरएन स्पेनका पुर्व अध्यक्ष एकराज गिरीले बताउनुभयो । यसको लागि पोर्चुगलमा अन्तराष्ट्रिय बाग्लुंग समाजका सचिब दिपेन्द्र आचार्यले सहयोग गर्ने गिरीले बताउनुभयो ।

यसैबीच युक्रेनबाट आउने नेपालीहरुलाई गन्तब्यमा पुग्न र केही समस्या भए सहयोग गर्न एनआरएनए क्षेत्रीय समिती म्याड्रिडले हटलाइनको ब्यवस्था गरेको छ । क्षेत्रीय समिती म्याड्रिडले शनिवार सुचना निकालेर युक्रेनबाट स्पेन आएका र आँउदै गरेका कोही नेपाली हुनुहुन्छ भने सम्पर्क गर्न आग्रह गरेको छ ।

नमस्ते! यदि कोही (नेपाली) युक्रेन/पोल्याण्डबाट अन्य सेन्जेन देशहरूमा यात्रा गर्दै हुनुहुन्छ भने यो Nrna म्याड्रिडको हटलाइन नम्बर हो। हामी तिनीहरूलाई रिसिभ गर्न र गन्तव्यमा पुग्न मद्दत गर्न त्यहाँ छौं। 24 घण्टा हेल्पलाइन नम्बरहरू:

Namste! If anyone (Nepali) is travelling from Ukraine /Poland to other schengen countries then this is the hotline number of Nrna Madrid. We are there to receive them & help them to reach there destination.

24 hours Helpline Numbers :

१) +34 631391040

२) +34 632 25 50 27

International Train Stations In Madrid (Best for Nepalese):

1)Atocha

2)Chamartin

International Bus Stations in Madrid (Best for Nepalese):

1)Avenida de America

2)Estacion de Sue (Mendez Alvaro)

धन्यवाद । गैर आवसीय नेपाली संघ,म्याड्रिड ,स्पेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *