• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

जनसम्पर्क समिती म्याड्रिडको दोश्रो अधिबेशन सम्पन्न

Byspainnepal

Jan 24, 2022

जनसम्पर्क समिती स्पेन क्षेत्रिय समिती म्याड्रिडको नयाँ कार्यसमिती चयन भएको छ । आईतवार भएको दोश्रो अधिबेशनले गुरु प्रसाद सुबेदी अध्यक्ष रहेको नयाँ कार्यसमिती चयन गरेको हो । नेपाली जन सम्पर्क समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिबेसनको सभापतित्व समितीका निबर्तमान अध्यक्ष पार्बती ओलीले गर्नु भएको थियो भने कार्यक्रम संचालन महामन्त्री बिनय अधिकारीले गर्नु भएको थियो । अधिबेशनमा सभापति पार्वती ओलीले कार्यसमितीको प्रतिबेदन पेश गर्दै यस अधिबेशन सम्पन्न गर्न खटिने समितीका सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । जय बहादुर गुरुङको संयोजकत्वमा निर्बाचन समितीले गरेको घोषणा अनुसार जनसम्पर्क समिती स्पेनको म्याड्रिड क्षेत्रिय समितीको दोश्रो अधिबेशनबाट सर्वसम्मिति चयन हुनु भएका
नव निर्वाचित कार्यसमिती यस अनुसार रहेको छ ।
अध्यक्ष : गुरु प्रसाद सुबेदी
बरिष्ठ उपाध्यक्ष : हर्क बहादुर थापा
उपाध्यक्ष : कृष्ण कंडेल
महामन्त्री : राम कृष्ण बराल
सहमहामन्त्री : दिपक मगर
सहमहामन्त्री : अनिल श्रेष्ठ
कोषाध्यक्ष : सुजिता सिंह ठकुरी
सदस्य : सरस्वती गुरुङ
सदस्य : गणेश पराजुली
सदस्य : निरन गुरुङ
सदस्य : कमला रेग्मी उपाध्याय निर्बाचित हुनु भएको छ । बिधानले प्रावधान गरे अनुसार ४ जना पछी मनोनीत गरीने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नव निर्बाचित कार्यसमितीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
नवनिर्बाचित अध्यक्ष गुरु प्रसाद सुबेदिले सर्वसम्मति बाट आफुलाई संगठनको अध्यक्ष जस्तो गरिमामय पदको ज़िम्मेवारी सुम्पेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै नेपाली समुदाय लक्षित सामाजिक कार्यमा लाग़्ने र पृथक पहिचान बनाउने प्रतिबद्दता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *