• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

ग्रिस दुर्घटना – अलपत्र शव नेपाल पठाउन एनआरएन अभियान्ताबाट ७ हजार सहयोग

Byspainnepal

Jan 24, 2022

मंसिर पहिलो हप्ता टर्किवाट ग्रिस छिर्ने क्रममा भएको दुखद दुर्घटनामा ज्यान गुमाएका ४ जना मध्ये श्रम स्विकृति बिना आएका २ जनाको शव नेपाल पठाउन एनआरएन अभियान्ताहरुले ७ हजार २ सय सहयोग गरेका छन् । स्पेन, अष्ट्रिया, जर्मन, नेदरल्याण्ड, बेल्जियम, अमेरिका, कतार लगायतका देशका एनआरएन अभियानकर्मीहरु र त्यहाँका एनसीसीले संकलन गरेको सहयोग ग्रिसमा पठाइएको एनआरएन स्पेनका अध्यक्ष शालिकराम डुम्रेले बताउनुभयो । उहाँका अनुसार स्पेन सहित विभिन्न देशमा संकलन भएको रकमलाई एकत्रित गर्ने काम भैरहेको भएपनि ग्रिसमा अलपत्र शव नेपाल छिटो पठाउन सकियोस भनेर अहिले पैसा पठाईसकिएको हो । संकलित रकमबाट पछि पुर्ति गर्ने गरी सहयोग हस्तान्तरण गरीएको उहाँले बताउनुभयो । शव नेपाल पठाउन आवश्यक रकम पठाईसकिएकोले अब शव नेपाल पठाउने प्रक्रिया अघि बढ्ने यसमा समन्वय गरीरहेको एनआरएन ग्रिसले जनाएको छ ।

ग्रिस गाडि दुर्घटनामा परी निधन भएका चार जना नेपाली मध्ये नेपाल सरकारले नेपालवाट सिधै टर्की आएका दुइ जनाको मात्र शव लैजान मिल्ने र अन्य दुईजना नेपाली मध्यपुर्व तिरवाट प्रवेश गरेका हुनाले सरकारले लैजान नमिल्ने निर्णय दिएको थियो । यसरी आएका आमाछोदिङ्गमो गाउंपालिका ४ रसुवाकी शर्मिला तामाङ्ग भनिने रमिला घले र घिरिङ्ग गाउंपालिका ५ तनहुं घर भएका ओम वहादुर थापाको शव पठाउन आर्थिक अभाव हुँदा एनआरएनए ग्रिसले सहयोगका लागि सवैलाई अपिल गरेको थियो । यही आग्रहका आधारमा अन्य देशहरुले जस्तै एनआरएनए स्पेनले पनि सहयोग आब्हान गरेको थियो । अहिलेसम्म २ हजार यूरो भन्दा धेरै रकम उठिसकेको छ । यसको अन्तिम हिसाव केहीमा आउने अध्यक्ष डुम्रेले बताउनुभयो । उहाँले मानवीय सहयोगमा आफुहरुले गरेको आब्हानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *