• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

स्पेनले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने

Byspainnepal

Jan 14, 2022

स्पेन सरकारले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने भएको छ । स्पेनको जनस्वास्थ्य आयोगको सिफारिस अनुसार सरकारले विहिबार १८ बर्ष माथिका सवैलाई बुस्टर अर्थात तेस्रो खोप दिने निर्णय गरेको हो । स्पेनकी स्वास्थ्य मन्त्री कारोलिना डारियासले अब १८ बर्ष माथिका सवैलाई बुस्टर खोप दिने घोषणा गरिन । गत बर्षको डिसेम्वरमा ४० देखि ५९ उमेर समुहकालाई बुस्टर सटको सिफारिस गरिएको थियो । यसअघि ६० बर्ष माथिकाले तेस्रो खोप लिइसकेका छन् । बिहिवारको निर्णय पछि ३९ मिलियन जनसख्याले कोभिडको तेस्रो खोप लिनेछन । यद्यपी करिव ३ मिलियन रहेका १२ देखि १९ बर्ष उमेर समुहका यूवा अझै यो अभियानबाट बाहिर हुनेछन् । ५ देखि ११ बर्ष उमेर समुहका बालबालिकालाई भने अहिले पहिलो चरणको खोप अभियान चलिरहेको छ । स्पेनमा ६० बर्ष माथिका करिब ८५ प्रतिसतले बुस्टर खोप लिइसकेका छन् । स्पेन विश्वमै सवै भन्दा धेरै भ्याक्सिन रुलआउट भएको देश हो ।

ओमिक्रोन भेरियन्टको आमगनले स्पेनमा अहिले कोभिडको छैठौ लहर चलिरहेको छ । संक्रमणले दैनिक रेकर्ड ब्रेक गर्दै गएको छ । बिहिवार मात्रै १ लाख ८० हजारमा नयाँ संक्रमण देखिएको छ भने १ सय २५ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *