• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

स्पेनले कोरोना पाण्डेमिकलाई ‘इन्डेमिक रोग’ को व्यवहार गर्ने

Byspainnepal

Jan 13, 2022

यूरोपका मुख्य देशहरुमा कोभिड-१९ लाई सामान्य सिजनल फ्लूको रुपमा व्यवहार गर्ने चर्चा चलिरहदा स्पेनले यसको घोषणा नै गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोभिड-१९ लाई फ्लू जस्तै ‘इन्डेमिक रोग’को रुपमा लिनुपर्ने टिप्पणी गरेका हुन्। उनी युरोपका पहिला नेता हुन जसले युरोपियन युनियनलाई इन्डेमिकका रुपमा पाण्डेमिकलाई लिन आग्रह गरेका हुन्। ‘अहिलेको अवस्था जुन हामीले वर्ष दिन अगाडि भोगेका थियौँ त्यस्तो होइन,’ प्रधानमन्त्री सान्चेजले एक रेडियो अन्तर्वार्तामा भनेका छन , ‘मलाई लाग्छ कि हामीले कोभिड-१९ लाई इन्डेमिकको रुपमा लिनुपर्छ।’ साथै उनले ग्रिपे भनिने सिजनल फ्लू लाई जस्तै कोरोनालाई पनि इन्डेमिकका रुपमा लिएर यसको ब्यबस्थापन गर्ने संयन्त्र बनाउन तयारी थालिएको जानकारी दिए ।

स्पेन विश्वकै सबैभन्दा धेरै कोभिड-१९ भ्याक्सिन रोलआउट भएको देश हो। स्पेनको ११ वर्ष माथिका ९०.४  प्रतिशत जनसंख्याले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। त्यस्तै ६० वर्ष माथिका ८५.३ प्रतिशतले बुस्टर डोज पनि लिइसकेका छन्। पहिलो वेभमा मृत्युदर १३ प्रतिशत रहेको स्पेनमा अहिले यो दर १ प्रतिशतमा झरेको छ। विश्वभर कोभिड -१९ संक्रमण फेरि बढ्दै गएको छ।

विश्वका अधिकांश देशमा ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणको ग्राफ उकालो लागेको छ । ओमोक्रन भेरियन्टले विश्वका अधिकांश देशमा नयाँ रेकर्ड कायम गर्दै छ। डेल्टा भेरियन्टसँग जुध्दै संक्रमणको जोखिम कम भइसकेको अवस्थामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमोक्रन’ देखिएसँगै फेरि विश्वभर नै संक्रमण गति बढ्दै जाँदा विभिन्न देशहरु पुन: लकडाउन वा अन्य निषेधाज्ञाको दिशामा अगाडि बढेका छन्। ओमोक्रनले संक्रमण बढाएसँगै युरोप र अमेरिका सबैभन्दा बढी प्रभावित भएका छन्। यता, युरोपियन मेडिसिन एजेन्सीले भने ओमोक्रन भेरियन्टको फैलावटसँगै कोरोना ‘प्यान्डेमिक’ (महामारी) बाट ‘इन्डेमिक’ (निश्चित क्षेत्रमा नियमित रूपमा देखिने रोग) का रुपमा विकसित हुँदै गएको जनाएको छ। यो भाइरससँग मानिस बाँच्न सक्ने समेत एजेन्सीले दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *