• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनमा एकै दिन कोभिडको ६० हजार नयाँ केस, शुक्रवारदेखि पून मास्क अनिवार्य

Byspainnepal

Dec 23, 2021


स्पेनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले ल्याएको छैठौ लहरमा दिनँहु संक्रमितको संख्या उच्च हुन थालेपछि सरकारले शुक्रवारदेखि पून सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ । बुधवार प्रधानमन्त्री पेड्रो सान्चेजले क्षेत्रीय सरकारका प्रमुखहरुसँग गरेको एक आपतकालिन बैठकपछि यो नयाँ नियमको घोषणा गरेका हुन । नोचेबोयना भनिने क्रिसमसको अघिल्लो दिनदेखि माक्स अनिवार्य गरिएको छ भने धेरै संक्रमण देखिएका क्षेत्रमा स्थानीय सरकारहरुले प्रतिबन्धका नियमहरु लगाएका छन् । कातालोनिया सरकारले रात्रीकालिन कर्फ्यूसहितका प्रतिबन्ध लागु गरेको छ ।
स्पेनमा अहिले दिनँहु कोरोना महामारी सुरु भएदेखि कै उच्चतम दैनिक केस संख्याहरू रेकर्ड गरिएका छन । मंगलवार ४९ हजारमा नयाँ केस भेटिएको थियो भने बुधवार अहिलेसम्मकै उच्च ६० हजार जनामा नयाँ संक्रमण देखिएको छ ।

स्पेनमा कोभिडको संक्रमण कम भएपनि गत २६ जुलाईदेखि सार्वजनिक स्थानमा मास्क अनिवार्य थिएन । तर ठूलो मात्रामा खोप लगाइएका जनसंख्यामा बढ्दो संक्रमणको सामना गर्दै, बस्क कन्ट्री , ग्यालिसिया, कास्टिला ला मान्चा र भ्यालेन्सिया क्षेत्रका क्षेत्रीय नेताहरूले क्रिसमसको व्यस्त अवधिमा अनुहारको मास्कलाई अनिवार्य बनाउनुले केस संख्या घटाउन मद्दत गर्न सक्ने सुझाव दिएका थिए। फेस मास्क पहिलो पटक स्पेनमा मे २०२० मा सार्वजनिक रूपमा अनिवार्य बनाइएको थियो । यतिवेला देश पहिलो पूर्ण लकडाउनबाट बाहिर आएको थियो।

सरकारले शुक्रवारदेखि अनिवार्य भनेपनि अतिरिक्त सावधानीको रूपमा, विगत छ महिनादेखि धेरै स्पेनियार्डहरूले बाहिरी सार्वजनिक स्थानहरूमा अनुहारको मास्क लगाउन जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *