• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

विश्वभर १३ करोड मानिसले जिते कोरोना

Byspainnepal

May 2, 2021

काठमाडौं । विश्वभर अहिलेसम्म १३ करोडभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसबाट अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै निको भएको कोरोनाबारे विश्वब्यापी तथ्यांक अध्यावधिक गरिरहेको वल्र्ड ओ मिटरले जनाएको छ । वल्र्ड ओ मिटरको वेबसाइटकाअनुसार अहिलेसम्म १५ करोड २८ लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

वल्र्ड ओ मिटरका अनुसार जम्मा संक्रमितमध्ये निको हुनेको संख्या ९८ प्रतिशत हो । कोरोनाबाट २ प्रतिशतको भने मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने अप्रिल १ तारिखसम्म १५ करोड ८९ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संगठनले ३१ लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको जनाएको छ । वल्र्ड ओ मिटरले भने ज्यान जानेको संख्या ३२ लाख नाघेको जनाएको छ । अहिले विश्वभर १ करोड ९५ लाखभन्दा बढीमा कोरोना संक्रमण रहेको र उनीहरुमध्ये १ लाख ११ हजारभन्दा बढी अर्थात शुन्य दशमलव ६ प्रतिशत गम्भीर अवस्थामा रहेको वल्र्ड ओ मिटरको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *