• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

नेपालमा निषेधाज्ञा थप कडा, विदेशबाट आउनेले अनिवार्य होटेल क्वारेण्टिन बस्नुपर्ने

Byspainnepal

May 1, 2021

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले परिस्थिती झनै डरलाग्दो भएको भन्दै निषेधाज्ञालाई थप कडाई गर्ने नीति लिएको हो ।

बैठकले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै निजी क्षेत्रको निर्माण कार्य ठप्प पार्ने र सार्वजनिक स्थलको निर्माण कार्यलाई भने त्यही खानाको व्यवस्था मिलाएर काम गराउने जस्ता निर्णय पनि गरेको छ ।

अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटेल क्वारेन्टाइनलाई थप व्यवस्थिति गरिने भएको हो । बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई व्यवस्थित गर्ने र त्यसले पनि नपुगे निजी अस्पालललाई कोभिड अस्पतालका रूपमा विकास गर्ने पनि निर्णय गरेको छ ।

चाटर्ड र उद्धार उडानबाहेक सबै आन्तरिक उडानहरू बन्द गर्न सुझाब दिएको छ । हिजो शुक्रवार सिंहदरबारमा बसेको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चाटर्ड उडान र उद्धार उडानबाहेकका सबै आन्तरिक उडानहरू रोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विदेशबाट आउने नागरिकहरूलाई अनिवार्य होटेलमा आइसोलेसनमा बस्ने र नमाने निष्कासन गर्नेसम्मका निर्णय भएको सहभागी एक अधिकारीले जनाएका छन् । बैठकले स्वास्थ्यका कर्मचारी एक वर्षका लागि करारमा नियुक्त गर्ने विषयमा पनि निर्णय गरेको छ ।

त्यसैगरी शव जलाउन लाग्ने खर्च सरकारले नै व्यहोर्ने विषयमा पनि बैठकमा छलफल भएको सहभागी ती अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *