• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

एनआरएनए अमेरिकाको निर्वाचनमा ४ सय ५० जना उम्मेदवार

Byspainnepal

Apr 21, 2021

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा आउने कार्यकालका लागि विभिन्न पदमा करिव ४५० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि पांच जनाको उम्मेदवारी परेको छ ।

एनआरएनए अमेरिकाको कार्यसमिति, विभिन्न राज्यका च्याप्टर, आईसीसीमा अमेरिकाकावाट प्रतिनिधित्व गर्ने आईसीसी सदस्य लागि हुन लागेको चुनावमा मंगलवार उम्मेदवारी दिने अन्तिम समय थियो ।

उम्मेदवारका लागि करिव एक साता नाम फिर्ता लिने समय छ ।

अध्यक्ष पदका लागि कृष्ण लामिछाने, बुद्धि सुवेदी, डा अर्जुन बञ्जाडे, तिलक केसी र सुर्य लम्सालले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न पदमा पनि प्रतिस्पर्धा हुने भएको छ ।

उम्मेदवार कति हुन्छन यो भने अझै एकिन भएको छैन । मंगलवार सांझ प्राविधिक कारणले केही मिनेट उम्मेदवारी दिने सर्भरमा समस्या आएको थियो ।

उम्मेदवारी दिन चाहने कोही पनि नछुटुन भन्ने उद्देश्यले निर्वाचन समितिले वुधवार केही घण्टाका लागि उम्मेदवारी दिन सक्ने व्यवस्था गर्न लागेको छ । गैरआवासीय नेपाली संघ अमेरिकामा बीस हजार भन्दा बढी सदस्यहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *