• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

विश्व नेपाली साहित्य सम्मेलन बैशाख १० र ११ मा

Byspainnepal

Apr 21, 2021

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को आयोजनामा बैशाख १० र ११ गते विश्व नेपाली साहित्य सम्मेलन हुने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले भर्चुअल रुपमा सम्मेलन हुन लागेको हो ।

बुधवार पत्रकार सम्मेलन गरि आयोजकले विश्व नेपाली साहित्य सम्मेलनको तयारी बारे जानकारी गराए । नेपाल र विश्वभर फैलिएका नेपाली बरिष्ठ साहित्यकार तथा नेपाली भाषाविद्हरुले साहित्य, संस्कृति तथा भाषा सम्बन्धि विचार मन्थन गर्नुका साथै साहित्य सिर्जना बाचन पनि हुनेछ ।

समाजका अध्यक्ष अर्जुन घिमिरेले सम्मेलनको तयारी भब्य रुपमा भएको जानकारी दिए । ‘सम्मेलनको तयारी लगभग पुरा भएको छ’ घिमिरेले भने, ‘नेपाली साहित्य सम्बन्धि यो कार्यक्रम एेतिहासिक हुनेछ ।’

पत्रकार सम्मेलमा इन्सका महासचिब अर्जुन श्रीले सम्मेलनमा विशिष्ट नेपाली साहित्यकार तथा समालोचकका साथै विश्वभर छरिएका नेपाली साहित्य सर्जकहरुको सहभागिता रहने बताए ।

सम्मेलनमा उद्घाटन सत्र, कविता विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान सत्र र छलफल तथा समापन सत्र गरी ७ विशेष सत्र रहने छन् ।

समाजका उपाध्यक्ष ईश्वर राइले सम्मेलनको पहिलो दिन वैशाख १० गते उद्घाटन सत्रसँगै ‘नेपाली कविता सिर्जना: अनुभूतिका वहारहरु’ शीर्षकमा बरिष्ठ साहित्यकार सरुभक्त, ‘कविता सिर्जनाका अन्तरवस्तुहरु’ शीर्षकमा तीर्थ श्रेष्ठ र ‘कवितामा मौलिक बिम्वको प्रयोग´ शीर्षकमा कवि उपेन्द्र सुब्बाले आफ्ना सिर्जनाको साथ मन्तब्य राख्ने जानकारी दिए ।

कविता विशेष सत्रमा ‘नेपाली कविताः बदलिदो परिवेश´- डा. गीता त्रिपाठीको कार्यपत्र प्रस्तुत हुनुका साथै पुण्य कार्की, स्वप्निल स्मृति, सुदेश सत्याल, जीवन चामलिङ, विकास मगर, नवीन, विक्रम पवन परियार, असीम सागर, टीका आत्रेय, महेश कार्की ‘क्षितिज’ दीप सुदीप, जयन्ती मगर ‘सरगम’, लिला राणामगर, विक्रम याक्खा लगायतको कविता वाचन हुनेछ ।

त्यस्तै लोकसाहित्य विशेष सत्रमा `नेपाली लोक साहित्यः पनरावृत्तिका आभासहरु´ शीर्षकमा डा. प्रभा भट्टराईको कार्यपत्र प्रस्तुत हुनेछ भने दुर्गा भवानी भट्ट, उत्तम तुम्सा लिम्बुको कविता र टंक आलेमगरको लोककथा वाचन हुनेछ ।

“दोस्रो दिन वैशाख ११ गते महिला विशेष सत्रमा ‘नेपाली साहित्यमा महिलाहरुको वर्तमान अवस्था, चुनौति र अवसर’ शीर्षकमा डा. रेणुका सोलुले कार्यपत्र प्रस्तुत गर्नेछन । रचना वाचनमा उर्मिला निर्दोषी (अमेरिका), नीतु खतिवडा (इजरायल), नमिता दवाडी (न्युजिल्यान्ड), शुभद्रा थापा भन्डारी (अ िष्ट्रया ), लिली अधिकारी (नेपाल), दीक्षा भण्डारी (नेपाल), शुभलक्ष्मी कोईराला ( नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), सीता अधिकारी (नेपाल) रहने अन्तर्राष्ट्रिय नेपाली समाज महिला समितिका महासचिव सुभद्रा थापा भण्डारीले जानकारी दिइन् ।

यसैगरि मातृभाषा विशेष सत्रमा `नेपालमा मातृभाषा साहित्यको अवस्था: एक विवेचना´ शीर्षकमा डा. तारामणि राईको कार्यपत्र प्रस्तुत हुने र रचना वाचनमा बिजय दत्त मणि, प्रमोदकुमार पाण्डे, पवित्रा थापामगर, बिजय बलम्ताली, अरुण कोइमी, पुष्पहाङ लोहा, अर्पण उत्कर्ष, कुशुम गुरुङ रहनेछन् ।

विश्वमा नेपाली साहित्य विस्तारका चुनौती र अग्रगामी मार्गहरु´ शीर्षकमा डा. बाबुराम खनाल, डायस्पोराका कथा व्यथा र भूमिका´ शीर्षकमा निलम कार्की निहारीका,डायस्पोरामा महिला साहित्य कथा, व्यथा र भूमिका´ शीर्षकमा गोवर्ध्दन पूजाको कार्यपत्र प्रस्तुत डायस्पोरा विशेष सत्रमा हुनको साथै सृजना वाचन डा. मधुकृष्ण. श्रेष्ठ ‘माधुर्य’ दीप पाठक, शकुन आँशु, दीपा राई पुन, जीवन खत्री, शरद पोख्रेल, प्रमोद सारंग, कृष्ण विश्वकर्मा, अजित क्षेत्री, हरिशरण परियार, जीवन खड्कामगर, नदिश, के. वि. पारखी र प्रतिमा केसी रहने बताएको छ ।

आख्यानसत्रमा नेपाली आख्यान, आयाम र प्रयोगहरु´ शीर्षकमा प्राडा राजेन्द्र सुवेदीको कार्यपत्र प्रस्तुत हुनेछ भने लघु, लोककथा तथा कवितामा किशोर सुव्बा, डा.किस्मत भण्डारी, शारदा पौडेलनिशा´, श्याम सुवेदी, रमेश जोशीको रचना वचान रहनुका साथै समकालीन नेपाली निबन्ध: नियात्राको स्वरुप र गति´ युवराज नयाँघरे,नेपाली साहित्यमा संस्कृतको प्रभाव: अनुभूतिका झङ्कारहरु´ शीर्षकमा डा. अलका आत्रेय चुडालबाट कार्यपत्र प्रस्तुत हुनेछन् ।

नेपाली साहित्यको अनुसन्धान विशेष सत्रमा `नेपाली भाषा तथा साहित्य सम्बन्धि अनुसन्धान पद्दति: कठिनाइ, चुनौति र आजको आवश्यकता शीर्षकमा प्राडा नेत्र एटमको कार्यपत्र प्रस्तुत हुनुको अलवा प्राडा मोतीलाल घिमिरे, डा. चैतन्य अधिकारी, निलकण्ठ उप्रती, महेश प्रसाईँ, निर्भीकजंग रायमाझी र सिर्जना शर्माको रचना वाचन हुनेछ ।

तेस्रो दिन वैशाख १२ गते छलफल तथा समापन सत्रमा कार्यक्रम सम्बन्धि सामूहिक छलफल, विश्लेषण, कार्यक्रमको संक्षिप्त टिपोट तथा घोषणापत्रको निर्माण, प्रमुख प्यानेलिष्ट प्राडा महादेव अवस्थी, प्रमुख अतिथि प्राडा लवदेव अवस्थीको मन्तव्य रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *