• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

नेपालमा सक्रिय संक्रमित १० हजार नाघे

Byspainnepal

Apr 21, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १,०५१ जना संक्रमित भएका छन् ।

काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेनमा १३१ गरी २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा छन् ।

हाल ८६ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

गत २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ संक्रमित थपिएका हुन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *