• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

एनआरएनएको लाप्राक नमुना वस्ती हस्तान्तरण

Byspainnepal

Apr 22, 2021

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लाप्राक नमूना वस्ती’ सेवाग्राहीलाई हस्तान्तरण गरेको छ । संघले बिहीवार लाप्राकमा एक कार्यक्रमकाबीच सेवाग्राहीलाई वस्ती हस्तान्तरण गरेको उपाध्यक्ष डा.बद्री केसीले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको उपस्थितिमा संघका अध्यक्ष कुमार पन्तले लाप्राकवासीलाई वस्ती हस्तान्तरण गरेका हुन् । जग्गा धनी पूर्जासहित लाभग्राहीलाई वस्ती हस्तान्तरण गरिएको हो।

हस्तान्तरणका लागि अध्यक्ष पन्तसहित परियोजना संयोजक उपाध्यक्ष सोनाम लामा, बद्री केसी, रवीना थापालगायतको टोली लाप्राक पुगेको थियो।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी गोरखाको लाप्राकमा कूल ५७३ घर भत्किएका थिए। भत्किएका घर निर्माणको जिम्मा एनआरएनएले लिएको थियो। जसका लागिे सरकारले १८.३२ हेक्टर जमिन उपलब्ध गराएको थियो। महाभूकम्पपछि एनआरएनएले थालेको एउटा महत्वाकांक्षी परियोजना हो, लाप्राक नमुना वस्ती निर्माण ।करिव ६ वर्षको अवधिमा वस्ती निर्माण कार्य पूरा भएपछि संघले सेवाग्राहीलाई वस्ती हस्तान्तरण गरेको हो।

भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण वस्ती निर्माणमा ढिलाइ भएको अध्यक्ष पन्तले बताए । पन्तले धैर्यताको लागि लाप्राकवासीलाई धन्यावाद समेत दिए । लालपुर्जा बुझ्दै लाप्राकवासीले एनआरएनएलाई आभार व्यक्त गर्दै खुशी साटेका थिए । करोड ६६ लाखको लागतमा वस्ती निर्माण भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । वस्ती निमार्णका लागि संसारभरका गैरआवासीय नेपालीले संघलाई आर्थिक सहयोग गरेका थिए।

उक्त वस्ती निर्माणको शिलान्याश २०७३ माघमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *