• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

कोरोना संकट – स्पेनका सात वटा क्षेत्र फेरी जोखिम तर्फ

Byspainnepal

Mar 31, 2021


स्पेनमा कोरोना संक्रमणको चौथौ लहरको चेतावनी आइरहेकै बेला केही क्षेत्रमा संक्रमण फेरी बढ्न थालेको छ । विभिन्न सात वटा क्षेत्रमा पछिल्लो १४ दिनको तथ्यांक हेर्दा १ लाखमा १५० भन्दा धेरै संक्रमण पुगिसकेको छ । १५० भन्दा माथी पुगेका क्षेत्रलाई उच्च जोखिम रहेको मानिन्छ । आउसट्रियास, कातालोनिया, नाभारा, बस्क कन्ट्री, क्वयेता, मेल्लिया लगायतका क्षेत्र जोखिमको अबस्थामा देखिएका छन् । म्याड्रिडमा १ लाखमा २५० भन्दा धेरै केस पुुग्न थालेकोले उच्च जोखिममा रहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा झण्डै ५ हजार नयाँ संक्रमण भएको छ भने १ सय ६ जनाको ज्यान गएको छ । अहिलेसम्म स्पेनमा ७५ हजार ३ सय ५ जनाको कोरोना पोजेटिभ भएर ज्यान गएको अफिसियल तथ्यांक छ भने ३२ लाख ७५ हजारलाई संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *