• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

स्पेनको क्याविनेटमा पुरुष भन्दा महिला धेरै, ४ महिला डेपुटी

Byspainnepal

Mar 31, 2021


स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलबार आफ्नो क्याविनेटमा बिस्तार गरेपछि यहाँको सरकारमा महिलाको संख्या धेरै भएको छ । बर्तमान क्याविनेटमा १० जना पुरुष मन्त्री छन भने महिला १२ जना मन्त्री भएका छन् । यस्तै महत्वपुर्ण जिम्मेवारी सहित ४ जना डेपुटी समेत महिला नै भएका छन् । प्रधानमन्त्री सान्चेचले मन्त्रीपरिषद् विस्तारपछि टेलिभिजनमा बोल्दै यो स्पेनको ऐतिहासिक जित भएको बताएका छन् । क्याविनेटमा महिलाको संख्या देखेर पुरै देशले गर्व गरेको भन्दै उनले स्पेनले अधिकार र स्वतन्त्राको पक्षमा एक अन्तराष्ट्रिय सन्र्दभ प्रस्तुत गरेको बताए ।
बर्तमान गठबन्धन सरकारको साझेदार पोदेमोसको तर्फबाट डेपुटी रहेका पाव्लो इग्लेसियासले म्याड्रिडको प्रमुखमा चुनावी अभियानका लागि पद त्यागेपछि उनको स्थानमा श्रम मन्त्री योलान्डा दियाजलाई ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *