• Wed. May 8th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनमा चुनावी सरगर्मी शुरु, अध्यक्षमा ३ जनाको मुख्य दावी

Byspainnepal

Mar 31, 2021


गैर आवासीय नेपाली संघ स्पेनको आगामी कार्यकालका लागि चुनाव नजिकिएपछि एनआरएनकर्मीहरुमा चुनावी सरगर्मी शुरु भएको छ । एनआरएनए स्पेनले आगामी जुलाई २५ तारिकका लागि अधिबेशन गर्ने तयारी गरेको छ भने यसको आधिकारिक निर्णय हुन बाँकी रहेको जनाएको छ । त्यसको एक महिना अघि क्षेत्रहरुको अधिबेशन गर्नु पर्ने हुन्छ । गैर आवासीय नेपाली संघ आइसीसीले यसपटक अनिवार्य रुपमा अनलाइन सदस्यता प्रणाली एमआइएस प्रणालीबाट मात्रै सदस्यता वितरण तथा नविकरण गर्न निर्देशन दिइसकेको छ भने जुलाइ १ देखि ३१ तारिक भित्र राष्ट्रिय महाधिबेशन गर्न निर्देशन दिइसकेको छ ।
एनआरएनए स्पेनको अध्यक्षका लागि धेरै जनाको आकांक्षा देखिएपनि मुख्य गरी ३ जनाले प्रतिस्पर्धा नै गर्ने बताएका छन् । यसको लागि अहिलेका उपाध्यक्षहरु उत्तर कुमार राई, दिनेश गिरी र नेपाली जनसम्पर्क समिती स्पेनका पुर्व अध्यक्ष शालिकराम डुम्रेले अध्यक्षका लागि दावेदारी प्रस्तुत गरेका छन् । उपाध्यक्ष राईले यो अबधिमा आफुले गरेको कामलाई सम्पन्न गर्न र संस्थाको नेतृत्व गरेर थप योजना पुरा गर्न आफ्नो दावेदारी रहेको बताए । बर्सिलोनामा केन्द्रिय कार्यलय रहेको एनआरएनए स्पेनको अध्यक्षका लागि पहिलो पल्ट बार्सिलोना बाहिर बाट दावी आएको हो । राई म्याड्रिड निवासी हुन ।
यस्तै अर्का उपाध्यक्ष गिरीले आफु अहिलेसम्म एनआरएन गैर राजनितिक हुनुपर्छ भनेर लड्दै आएको र त्यसकै निरन्तरताकै रुपमा अध्यक्षमा दावी गर्ने बताए । उनले आफु गैरराजनितिक रुपमै लोकप्रिय रहेको बताए । यस्तै अध्यक्षका अर्का दावेदार डुम्रेले आफु संगठनको आधिकारीक उमेद्वारको रुपमा चुनावी मैदानमा आउने भन्दै आफ्नो पक्षमा निर्विरोध बनाउने प्रयास रहने बताए । निर्बिरोध रुप चयन हुने अबस्था आएमा अन्य धेरैले अध्यक्षमा आकांक्षा राखेका छन् । बर्तमान उपाध्यक्ष तुल्सी गुरुङले एनआरएनलाई गैरराजनीतिक संस्थाको रुपमा अघि बढाउन सहमतीको लागि आफु उपयुक्त ब्यक्तिलाई समर्थन गर्न तयार रहेको भन्दै सवैको सहमती भएमा आफुसमेत अगाडी बढ्ने बताए । यस्तै पुर्व महासचिव विष्णु रिजालले पनि आफु अनुभवी रहेकोले संस्थालाई अगाडि बढाउन सवैको सहमती भएमा अध्यक्ष बन्ने बताए । यस्तै पुर्व उपाध्यक्ष पेशल कोइरालाले भने आफु एनआरएनको नेतृत्व सहमतीमै चयन होस भन्ने चाहेको तर आफु अध्यक्षको दौडमा नरहेको बताए । अहिलेका महासचिव उमराज ढकालले पनि आफु अध्यक्षका लागि अहिले नै तयार नरहेको बताए ।

एनआरएनएको अध्यक्ष, उपाध्यक्षहरु, महासचिव र अन्य पदको लागि धेरैको आकांक्षा देखिएपनि केही दिन पर्खेर चुनावी वातावरण हेरेर मात्रै निर्णय लिने मनस्थितीमा छन्।

एनआरएन स्पेनको नयाँ नेतृत्वका लागि प्रारम्भिक दृष्य यस्तो देखिए पनि विगतको चुनावी अनुभवलाई हेर्दा अधिबेशन नजिकिदै गर्दा र अन्तिम अबस्थासम्ममा सहमती हुन्छ या कस्तो खालको गठबन्धनहरु बन्छन अहिले नै अनुमान गर्न असहज छ । त्यसमा पनि पछिल्लो समयमा नेपालमा भएको राजनितिक फेरबदलको असर विदेशमा पनि परिरहेको सन्दर्भमा यसले समेत एनआरएनएको चुनावलाई प्रभावित पार्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *