• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

फ्रान्समा लकडाउन थप कडा, स्कुल समेत बन्द

Byspainnepal

Mar 31, 2021


कोरोना संक्रमण बढ्दै भएपछि फ्रान्समा लकडाउन थप कडा पारिएको छ । राष्ट्रपति इमानुयल मार्कोनले कम्तिमा ३ हप्ताका लागि स्कुलहरु बन्द रहने र स्कुलहरुले दुर शिक्षाका कार्यक्रम सञ्चालन गर्ने बताए । इसअघि केही क्षेत्रमा सिमित रहको लकडाउन अहिले देशव्यापी बनाइएको छ । अत्याबश्यक बाहेकका सवै क्षेत्र शनिवारबाट बन्द रहनेछन भने मानिसहरुलाई एक राज्यबाट अर्को राज्यमा जान प्रतिबन्ध छ भने उनीहरु आफ्नो घरबाट बढिमा १० किलोमिटर टाढा मात्रै जान पाउनेछन् । यो फ्रान्समा तेस्रो लकडाउन हो । फ्रान्समा बुधबार ८ हजार ५ सय ४३ नयाँ संक्रमण देखिएको छ भने १ सय ५४ जनाको मृत्यु भएको छ । ५ हजार भन्दा धेरैको आइसियुमा उपचार भैरहेको छ । अहिलेसम्म फ्रान्समा संक्रमितको संख्या ४६ लाख पुगेको छ भने ९५ हजारको ज्यान गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *