• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

धेरै तौल भएकाहरूमा कोभिड मृत्युदर १० गुणा बढी

Byspainnepal

Mar 5, 2021

एजेन्सी ।जुन देशका नागरिकमा तुलनात्मक रुपमा कम तौल भएकाहरूको देशभन्दा धेरै तौल भएकाहरूको देशमा कोभिड मृत्युदर १० गुणा बढी भएको एक अध्ययनले जनाएको छ ।

बुधबार वर्ल्ड अबेसिटी फेडेरेसनले जारी गरेको एक प्रतिवेदनअनुसार रुपमा कम तौल भएकाहरूको देशभन्दा धेरै तौल भएकाहरूको देशमा कोभिड मृत्युदर तुलनात्मक रुपमा धेरै रहेको पाइएको हो ।

जोन हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनबाट प्राप्त तथ्यांकलाई आधार मानेर गरिएको अध्ययनमा यस्तो पाइएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

गत फेब्रुअरीको अन्त्यसम्ममा कोभिडका कारण मृत्यु भएका २५ लाख जनामध्ये २२ लाख मानिस ती देशका थिए जहाँ आधाभन्दा धेरै जनसंख्या अधिक तौलको समस्याबाट ग्रसित छ ।

कोभिड मृत्युदरको तथ्यांकको विश्लेषणका आधारमा मोटोपन बढी भएको देशमा कोभिड मृत्युदरमा समेत वृद्धि भएको पाइएको हो ।

 वैज्ञानिकहरूले गरेको काेभिड मृत्युदरलाई  दुई वर्गमा विभाजन गरेर अध्ययन गरेका थिए । पहिलो- कूल जनसंख्याको ५० प्रतिशतभन्दा बढी भाग माेटाेपनाबाट ग्रसित थियो भने दोस्रो वर्गमा पहिलो वर्गको तुलनामा कम व्यक्तिमा मोटोपनको समस्या थियो ।

जुन देशमा कूल जनसंख्याको ४० प्रतिशतभन्दा कम व्यक्तिमा मोटोपनको समस्या रहेको थियो‚ त्यहाँ एक लाखमा १० प्रतिशत मानिसले कोभिडका कारण ज्यान गुमाएको देखियो भने ५० प्रतिशतभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या रहेको देशमा कोभिड १९ मृत्युदर एक लाखमा सयको हाराहारीमा मृत्यु भएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *