• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

गायक कमल खनालले ल्याए नयाँ गीत ‘रुमाल’ [भिडियो]

Byspainnepal

Feb 26, 2021


विगत दुई बर्ष यता नेपाली लोकदोहोरी क्षेत्रमा निर्देशकको रुपमा आफ्नो छवि उचाईमा पुराउन सफल निर्देशक प्रकास भट्टले निर्देशन गरेका एकपछि अर्को भिडियोहरु सार्वजनिक भइरहेका छन ।

प्रकाशले आफ्नो कामलाई प्राय फरक पन दिन खोज्छन त्यतिमात्र होइन उनको टिमले निकै मेहनत गर्दछ जसले गर्दा उनका हरेक भिडियो निकै मनमोहक हुने गर्दछन ।

यसैक्रममा प्रकासले निर्देशन गरेको नयाँ गीत जाले रुमाल भर्खर मात्र सार्वजनिक भएको छ । पाका गायक तथा सर्जक यमन खनाल र अञ्जु पन्तको आवाज रहेको सो गीतमा कमल खनालको लय तथा शब्द सिर्जना रहेको छ ।

गीतलाई प्रकासले उत्कृष्ट दृश्य सहित निर्देशन गरेका छन भने पल शाह र गरिमा शर्माको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *