• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

स्पेनबाट बाहिरिनेका लागि एअरपोर्टमै कोभिड परिक्षणको सुविधा

Byspainnepal

Jan 29, 2021


स्पेन, २९ जनवरी/ स्पेनबाट हवाइ मार्ग भै बाहिरिनेका लागि एअरपोर्टमै कोरोना परिक्षण हुने भएको छ । हवाइ यात्राका लागि चाहिने कोभिड नेगेटिभ प्रमाणपत्रका लागि स्पेनका विभिन्न १५ वटा एअरपोर्टमा परिक्षणको लागि एअरपोर्ट अपरेटर एना प्लेनले क्लिनिक स्थापना गरेको द लोकलले जनाएको छ । उक्त परिक्षणमा पोजेटिभ रिपोर्ट आए उडान भर्न पाइने छैन । शुक्रवारबाट स्पेनका पर्यटकीय क्षेत्र म्याड्रिड, बार्सिलोना, मालगा, आलिकान्ते, भ्यालेन्सिया, सेभिया, बिल्बाओ, पाल्मा दे मार्योका, इबिजा, ग्रान कानरिया, सेसार मान्रिके र ला पाल्मा को एअरपोर्टहरुमा यो सुविधा शुरु गरिएको छ । तर उक्त परिक्षणका लागि उडान हुने दिन भन्दा अगाडी नै अनलाइनबाट बुकिङ गर्नुपर्ने बताइएको छ । त्यस समयमा रिपोर्टका लागि कति समय कुर्न पर्छ भन्नेबारे जानकारी दिइने छ । यो परिक्षण सुविधा स्पेनबाट बाहिरनेका लागि मात्रै भएको र भित्रनेका लागि उडान भर्ने बेलामै कोभिडको नेगेटिभ रिपोर्ट आबश्यक रहेको पुरानो नियम यथावत छ । उक्त परिक्षणको शुल्क एअरपोर्ट बाहिरका क्लिनिकमा भन्दा धेरै नहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *