• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

ब्रिटिस भाइरसबाट स्पेनमा ११ जनाको मृत्यु, अफ्रिकन भाइरस पनि भेटियो

Byspainnepal

Jan 29, 2021

स्पेन, २९ जनवरी/ दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार स्पेनमा पनि देखिएको छ । स्पेनको गालिसियामा एकजनालाई भएको संक्रमणमा उक्त नयाँ प्रकारको भाइरससंग सम्बन्धित रहेको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । संक्रमित ब्यक्ति हालै दक्षिण अफ्रिकाबाट फर्किएका थिए । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको उक्त नयाँ प्रकार युरोपमा १६ सहित विश्वका ३० देशमा पुगिसकेको छ । यो नयाँ प्रकार अन्य भन्दा कति खतरनाक छ भन्ने कुराको प्रमाण भेटिएको छैन । तर छिटो फैलने बेलायतमा भेटिएको नयाँ प्रकार भने ७० वटा देशमा पुगिसकेको छ । भाइरसको यो प्रकार नेपालमा पनि पुगिसकेको छ । स्पेनमा कोरोनामा बेलायती प्रकारको भाइरसबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ भने
३ सय ५० जना संक्रमित भैसकेका छन् । गत जनवरी ७ मा स्पेनमा पहिलो पटक भाइरसको उक्त प्रकार देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *