• Thu. May 2nd, 2024

SPAIN NEPAL COM

नेपाल जाने अघिल्लो दिन आत्महत्या गर्ने युवकको शव नेपाल पठाईयो

Byspainnepal

Jan 30, 2021

शान्ति अर्याल अधिकारी
लिस्वन, पोर्चुगल

गैरआवासीय नेपाली संघ पोर्चुगलको बिशेष पहलमा सुरत कुँवरको शब आज नेपाल पठाईएको छ । नेपालको बझाङ् जिल्ला स्थायी घर भएका सुरत बिगत ४ बर्षदेखि पोर्चुगल बस्दै आएका थिए ।

२८ बर्षिय कुँवरले यही जनवरी ७ तारिखको दिन दिउँसो लिस्वनस्थित एक होटलबाट हाम फाली देह त्याग गरेको स्थानीयहरुको भनाई छ । भोलिपल्ट नेपाल जानका लागि टिकट काटेका कुँवरले किन आत्महत्या गरे भन्ने कुरा खुल्न सकेको छैन।

“आमा म भोलि नेपाल आउंदैछु।” सुरतले दिउँसो आमालाई फोन गरेर भनेका सम्झदै एक नेपालीले भने “जान त जाने भए तर लास बनेर !”

यूरोपबाट नेपाल शब पठाउन निकै खर्चिलो हुने भएपनि एनआरएनए पोर्चुगलको पहल र गैरआवासीय नेपाली संघ जर्मनीको सहयोगमा सुरतको शबलाई नेपाल पठाईएको एनआरएनए पोर्चुगलका महासचिव हेमराज सुवेदीले बताउनु भयो ।

नेपाल जाने तयारीमा रहेका सुरतको एकाएक मृत्युको खबर सुनेर पिडामा छटपटिएको पिडीत परिवारले जसरी पनि शब नेपाल पठाइदिन भनी गरेको अनुरोधलाई स्विकार गरी २९ तारिख शुक्रबारको दिन लकडाउनको कठिन परिस्थितिमा पनि तुर्कीस एयरलाइन्सको फ्लाईट नम्बर Tk१७६० लिस्वन इस्तानबुल र Tk०७२६ इस्तानबुल-काठमाण्डौ मार्फत शब पठाईएको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताउनु भयो ।

कलिलो उमेरमै भएको सुरतको निधनले परिवारलाई पिडा मात्र दिएन, पोर्चुगलबासी सम्पूर्ण नेपालीहरूलाई स्तब्ध बनाएको छ। पोर्चुगलमा पछिल्लो समय बिभिन्न कारणबाट १८ जना नेपालीले ज्यान गुमाइसकेका छन् ।

स्वर्गीय सुरतप्रति एनआरएनए पोर्चुगलले श्रद्धाञ्जली दिदै एक प्रेस बिज्ञप्ति प्रकाशन गरेको छ।

स्व. सुरत कुँवरको शब नेपाल पठाइएको जानकारी सम्बन्धमा ।

गैर आवासीय नेपाली संघ, (NRNA) पोर्चुगलको बिशेष पहल एबम आर्थिक सहयोगमा आज उहाँको शब नेपाल पठाइएको जानकारी गराउन चाहान्छौं। नेपालमा बझाङ जिल्ला स्थायी घर भई विगत ४ बर्ष देखि पोर्चुगललाई कर्मथलो बनाई आउनु भएका २८ वर्षिय “सुरत कुँवर” को मानसिक डिप्रेशनका कारण यही ७ जनवरी २०२१ तारिक बिहिवार करिब दिउँसो ३:३० बजेको समयमा पोर्चुगलको राजधानी लिस्बनमा असामयिक निधन भएको थियो । उहाँको मृत्युको खबरले हामी सिङ्गो गैर आवासीय नेपाली संघ, (NRNA) पोर्तुगल लगायत पोर्चुगलबासी सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई अत्यन्त दुःखित एबम मर्माहत वनाएको छ ।

असिम बेदना र पिडाको यो दु:खद घडीमा सम्पूर्ण पोर्चुगलबासी नेपालीहरु साथै यस हाम्रो संस्था गैर आवासीय नेपाली संघ, ( NRNA) पोर्तुगल स्व. सुरत कुँवर प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परीवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

स्व. “सुरत कुँवर” को नेपालमा रहेको उहाँको परिवार र आफन्तजनले हाम्रो छोराको शबलाई नेपालमा पठाइदिनुहुन भनी निकै भावविहल हुदै बिनम्रताका साथ यस हाम्रो साझा संस्था गैर आवासीय नेपाली संघ, (NRNA) पोर्चुगललाई आर्थिक व्यवस्थापन सहित नेपाल पठाउन अनुरोध गर्नुभएको र उहाँहरूको आर्थिक अबस्था अलि कमजोर भएकाले स्व. सुरत कुँवरको पार्थिव शरीरलाई आज मिति २९ जनवरी २०२१ शुक्रबारका दिन पोर्चुगलको समय अनुसार अहिले दिउँसो ४:३० बजे तुर्किस एयरलाइन्सको फ्लाइट नम्बर TK १७६० (लिस्बोन- इस्तानबुल) र TK ०७२६ (इस्तानबुल- काठमाडौ ) मार्फत गैर आवासीय नेपाली संघ, (NRNA) पोर्चुगलको विशेष पहल, समन्वय एबम सहयोगमा नेपाल पठाइएको जानकारी गराउदछौं ।

हेमराज सुवेदी. तिलक गैरे
( महासचिव ) ( अध्यक्ष )

गैर आवासीय नेपाली संघ, ( NRNA ) पोर्चुगल ।

(नोट: हामीलाई आर्थिक रुपमा सहयोग गर्ने सहयोगदाताहरुको नाम पछी जानकारी गराउने छौं । पोर्चुगलमा पछिल्लो समयमा कोरोनाको बढ्दो संक्रमणका कारण यहाँको सरकारी नियम अनुसार १/२ जना बाहेक बढी जम्मा हुन नपाउने हुनाले उहाँको श्रद्धाञ्जली कार्यक्रम गर्न र एयरपोर्टसम्म पनि शब सहित जान असमर्थ रहेको जानकारी समेत गराउन चाहन्छौं।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *