• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

नेपालमा बर्ड फ्लू देखियो

Byspainnepal

Jan 30, 2021


काठमाण्डौ – नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि उक्त फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *