• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

भारतले १० लाख डोज खोप दिने

Byspainnepal

Jan 20, 2021

काठमाडौं, २० जनवरी/ भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ। स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिए। भ्याक्सिनको पहिलो लट बिहीवार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए। नेपालमा भ्याक्सिन आएपछि पहिलो चरणमा कोभिड १९ विरुद्ध अग्रपङ्क्तिमा रहेकाहरुलाई प्रदान गरिनेछ। ‘भ्याक्सिन मैत्री’ अभियान अन्तर्गत भारतले नेपाल सहित दक्षिण एसियाली राष्ट्रलाई भ्याक्सिन उपलब्ध गराउन सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *