• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

म्याड्रिडमा भएको ग्यास विस्फोटमा मृत्यु हुनेको सख्या ३ पुग्यो, ८ घाईते

Byspainnepal

Jan 20, 2021

स्पेन, २० जनवरी / स्पेनको राजघानी म्याड्रिडमा एक भवनमा विस्फोट हुँदा मृत्यु हुनेको सख्या ३ पुगेको छ । घाईते मध्ये एकको अबस्था गम्भिर रहेको छ । मृत्यु हुनेमा ८५ बर्षिय एक महिला र एक पुरुष छन् । म्याड्रिडको सेन्टरमा रहेको ४ तले भवनमा भएको विस्फोट पछि लागेको आगोले भवन पुरै क्षती भएको छ । अग्नि नियन्त्रकहरुलाई भवन भित्र प्रवेश गरेर आगो निभाउन समस्या भएको थियो । म्याड्रिडमा मेयरले ग्यास विस्फोटबाट आगोलागि भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *