• Thu. May 2nd, 2024

SPAIN NEPAL COM

स्पेनमा पुलिस रिपोर्ट लिगलाइजेशनको झन्झट हट्यो

Byspainnepal

Jan 20, 2021

म्याड्रिड, २० जनवरी / स्पेनमा रहेका नेपालीहरुले पुलिस रिपोर्टको यहाँको परराष्ट्र मन्त्रालयबाट गर्नुपर्ने लिगलाइजेशनको झन्झट हटेको छ । स्पेन स्थित नेपाली दुतावासले यहाँको सरकारसंग छलफल गरेर यो झन्झट हटाएको हो । नयाँ ब्यवस्था अनुसार अब यहाँको रेसिडेन्सी तथा वर्क प्रमिटको लागि चाहिने नेपालको पुलिस रिपोर्ट सिधै बुझाउन सकिने भएको छ । यसअघि नेपालबाट पुलिस रिपोर्ट ल्याएर यहाँ ट्रान्स्लेट गरी लिगलाइजेशनको लागि यहाँको परराष्ट्र मन्त्रालयमा बुझाउनुपर्ने ब्यवस्था थियो । तर अब नेपाल प्रहरीको अनलाइन सेवाबाट पुलिस रिपोर्ट बनाएर रंङ्गीन प्रिन्ट गरी सधै बुझाउन सकिने मन्त्रालयले एक सुचना निकालेर जानकारी दिएको छ । यसरी अनलाइन बनाएको पुलिस रिपोर्टमा क्युआर कोडबाट नै भेरिफिकिसन गर्न सकिने कुरा स्पष्ट्र पारेपछि यहाँको सरकारले नयाँ व्यवस्था गरेको दुतावासले जनाएको छ ।तर यो नियम नेपाल प्रहरीको अनलाइनबाट बनाएको पुलिस रिपोर्टमा मात्रै लागु हुनेछ ( पुलिस रिपोर्ट अनलाइन आवेदन दिन नेपाल प्रहरीको लिन्कका लागि स्पेननेपाल डटकमको जरुरी लिन्कमा जानुहोला ) भने पुलिस रिपोर्टको स्पानिस भाषामा ट्रान्सलेट भने गर्नुपर्छ ।

यस्तो पुलिस रिपोर्ट यहाँको पहिलो रेसिडेन्सी तथा वर्क प्रमिट अराइगो लिन आवश्यक पर्छ । तर यस बाहेक अन्य कार्यका लागि चाहिने पुलिस रिपोर्ट लगायतका अन्य कागजात भने पुरानै तरिकाले लिगलाइज गर्नुपर्ने दुतावासले जनाएको छ । दुतावासले यस्ता लिगलाइज गर्नुपर्ने कागजात संकलन गरी प्रत्येक सोमवार यहाँको परराष्ट्र मन्त्रालयबाट लिगलाइज गरी नेपालीहरुलाई सहजिकरण गर्ने कार्य गरी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *