• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

तपाई स्पेनमा रहनुमा खुसी हुनुपर्ने यि १२ कारण

Byspainnepal

Jan 19, 2021

अहिले विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणले अन्य देशहरु जस्तै स्पेन पनि धेरै प्रभावित भएको छ । मानव स्वास्थ्यमा आएको यो माहामारीले अरु देशहरुमा जस्तै स्पेनमा पनि धेरै नराम्रो अवस्था , ठुलो समस्या आएको छ भने यो माहामारीका कारण ब्यवसाय र रोजगारमा कोरोनाले ल्याएको डर, चिन्ता निराशा झन ठुलो समस्याको रुपमा रहेको छ । यो निराशाको बीचमा पनि स्पेनमा रहनुमा खुुसी हुन सकिने केही कारणहरु पनि छन । द लोकल पत्रिकामा उल्लेख भएका यि १२ वटा कारणको भावानुवाद यहाँ राखिएको छ ।

१, पोषण

बैज्ञानिकहरुले पुष्ट्रि गरेका छन कि विशेषगरी माछाको तेलहरुमा पाइने ओमेगा –३ भन्ने फ्याट मानव स्वास्थ्य र विशेषगरी मुटुको लागि उपयोगी छ । र यसमा खुसी हुनुपर्ने कारण यो छ कि स्पेन यसको मुख्य उत्पादक हो । र यस क्षेत्रको मेडिटेरियन खाना यसले भरिएको छ । त्यसबाहेक ओलिभ तेल र अन्य पौष्टिक तरकारी तथा फलफुलको उत्पादक देशमा स्पेन पर्छ ।

२, मौषम
हामीलाई स्वस्थ बनाउने अर्को आधार हो मौषम । र खुसी हुन स्वस्थ हुनु जरुरी छ । स्पेनको मौषम यसमा निकै प्रभावकारी छ । युरोपकै अरु देशहरुमा धेरै चिसो र दिउँसै अध्यारो हुने खालको मौषम छ । तर यहाँ जाडोको समयमा पनि घाम लाग्छ । केहिदिन अघि ठुलो हिमपात परेको समयमा पनि मानिसहरु घामबाट हुने भिटामिन डि बाट बन्चित हुन परेन ।

३, मानसिकता
धेरै मानिसको सोच खुसी हुन पैसा, ख्याती र शक्ति हुनुपर्छ भन्ने छ । तर अध्ययनहरुले यो देखाएको छ कि खुसी हुन यि सवै कुरा नभै आफुमा भएका कुराहरुमा सन्तुष्ट हुन सक्नु हो । यो कुरा स्पानिसहरुमा पाइन्छ । उनीहरु आफुसंग जे छ त्यसैमा रमाउँछन । साना कुराहरुमा रमाउँछन र अहिलेको लागि नै बाँच्छन । त्यसैले उनीहरुलाई खुसी हुन त्यस्तो कुनै ठुलो कारण चाहिन्न ।

४, परिवार
परिवारको लागि समय ब्यतित गर्ने ब्यक्ति खुसी रहन सक्छ । स्पेन एक पारिवारिक र मिलनसार समाज हो । यहाँ बृद्धाहरुलाई पनि नेपालमा जस्तै सकेसम्म घरमै राख्ने चलन छ । अहिले कोभिडको कारणले गर्दा यहाँ पारिवारिक भेटघाटमा कडाई गरिएको छ तर पनि स्पानिसहरु परिवारमा रमाउने र बच्चाहरुलाई धेरै नै माया गर्ने गर्दछन् ।

५, खाना
विश्वका सर्वश्रेष्ट रेष्टुरेन्टहरुमा स्पेनका रेष्टुरेन्टहरुको पनि आउँछ । सन् २०२० को विश्वका राम्रा ५० रेष्टुरेन्टको सुचिमा स्पेनका ३ वटा रेष्टुरेन्ट शीर्ष १० मा अटाएका छन् । यहाँ तपाईको बजेट अनुसारका उत्कृष्ट खाना पाइन्छ । यदि तपाई ह्याम मन पराउनुहुन्छ भने त्यसको लागि स्पेन भन्दा अर्को उत्कृष्ट ठाँउ विश्वमा छैन् ।

६, आमा हुनका लागि उपयुक्त स्थान
पछिल्लो एउटा अध्ययनले स्पेनलाई आमा हुनका लागि एक उपयुक्त देशको रुपमा उल्लेख गरेको छ । यहाँ आमालाई र बच्चालाई हुने सुविधा र तथा स्याहार विश्वमै उत्कृष्ट छ । बच्चाले पनि न्यानो पािरवारिक वातावरणमा हुर्कन पाउँछन् । त्यसैले भन्ने गरिन्छ स्पेन एउटा बच्चाले आफु ३० बर्ष नहुँदा सम्म बुवाआमाको घर छोड्न चाहदैनन् ।

७, उच्च औषत आयु
स्पेन युरोपमै सवैभन्दा धेरै औषत आयु भएको देश हो । स्पेनको औषत आयु ८३ बर्ष छ । यहाँको मेडेटेरियन खाना, ओलिभ तथा स्वच्छ फलफुल तथा तरकारीको कारणले मानिसहरु स्वस्थ भएको मानिन्छ । यहाँको स्वास्थ्य सुविधा तथा सुरक्षा विश्वकै सहज र राम्रो मानिन्छ ।

८, संस्कृति
स्पेन विश्वमै संस्कृतिले भरिएको देशमा गनिन्छ । यहाँका आफ्नै खालका फेस्टिवलहरु आफैमा संस्कृतिको धरोहर हुन । यसबाहेक यहाँको हेरिटेज कला विश्वमै धनि छ । बार्सिलोनाका विभिन्न ठाँउमा गाउडीले बनाएको विभिन्न मास्टरपिस आर्किटेक्चर होस या विल्वाओमा फ्रंयाक गेहरीले डिजाइन गरेको गुगेनहेम किन नहोस विश्वमै उत्कृष्ट कला हुन् ।

९, ब्यायाम
दैनिक ब्यायाम खुसी रहने आधार हो । स्पेन दैनिक ब्यायामको लागि उपयुक्त स्थान हो । यहाँ ब्यायामको लागि उपयुक्त मौषम छ । स्पेन जगिङ, साइकिलिङ, र यसै टहलिनका लागि थुप्रै स्थानहरु छन । यहाँ बिसाल सामुन्द्रिक तट तथा वाटरस्र्पोट्सको लागि उपयुक्त स्थान छ । साहसिक खेलकुदका लागि पनि यहाँ विभिन्न सुविधाहरु छन ।

१०, बाहिर रमाउने प्रबृत्ति
बैज्ञानिकहरुमा मानिसहरु घरमा बसिरहनु भन्दा बाहिर हुँदा खुसी हुन्छन् । स्पानिशहरु गर्मी मौषममा मात्र होईन जाडोमा पनि धेरै समय घरभित्र भन्दा घरबाहिर रमाउन चाहान्छन् । र खुसी हुन्छन ।

११, चकलेट र चुर्राेस
हामी दावीका साथ भन्न सक्छौ चकलेटले तपाईको अनुहारमा उल्लास ल्याउछ ।
किनभने चटलेटले शरिरमा एक यस्तो रसायन पैदा गर्छ जसले मस्तिस्कमा खुसीको भावना विकास गर्छ । यहाँको हटचकलेट, र चिनीले भरिएको चुर्रोस उत्कृष्ट छ ।
१२, सेलिबे्रेसन
स्पेनमा हुने ठुलाठुला फेस्टिबल देखि लिएर साना गाँउहरुमा पनि आफ्नै फेस्टिवलहरु मनाइन्छ । जसलाई बच्चादेखि बृद्द बृद्दासम्मले उत्तिकै प्रेम र खुसी पुर्वक सेलिब्रेसन गर्छन । जसले मानिसको मुहारमा खुसी ल्याउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *