• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनमा कोभिडबाट केयर होम धेरै प्रभावित, २९ हजार बृद्धबृद्धाको मृत्यु

Byspainnepal

Mar 4, 2021


स्पेनको सरकारले यहाँका केयरहोमहरुमा बस्ने २९ हजार बृद्धबृद्धाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि गरेको छ । केयर होममा कोरोनाले धेरै क्षति गरेको अनुमान गरिएपनि सरकारले यसबारे केही बताएका थिएन् । तर बिहीबार सरकारले आधिकारीक तथ्यांक सार्वजनिक गरेर यो दुखद विवरण सार्वजनिक गरेको हो । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत फेब्रुुअरी २१ तारिकसम्ममा केयर होममा बस्ने २९ हजार ४ सय ८ जना सिनियर सिटीजनको मृत्यु भएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार कास्तिया इ लियोनमा ३ हजार ९ सय ८७, कातालोनियामा ५ हजार ४ सय १८, कास्तिया ला माञ्चामा २ हजार ८ सय ३, भ्यालेन्सियामा १ हजार ९ सय ५१, आन्डुलुसियामा २ हजार ८५, बस्क कन्ट्रीमा १ हजार १ सय ८३, गालिसियामा ७ सय ७५, एस्टामडुरा १ हजार ७४, आरागोनमा १ हजार ४ सय २४ जना, अस्टुरियासमा ७ सय १, कान्ताबारियामा २ सय ८३ जना, म्याड्रिडमा ६ हजार १ सय ८७, बालेरिक आइसल्याण्डमा २ सय ६७, मुर्सियामा ३ सय १८, नाभारेमा ५ सय ६२, ला रियोखा ३ सय ३ जना, कानरी आइसल्याण्डमा ८०, मेल्लिया २ जना र क्वेटा ३ जना सिनियर सिटिजनकोे मृत्युभएको छ ।केयर होममा गत बर्ष मार्च देखि जुन सम्ममा १९ हजार ८ सय ३५ जनाको मृत्यु भएको थियो भने जुन २३ देखि गत फेब्रुुअरी २१ सम्ममा ९ हजार ५ सय ७३ जनाको मृत्युभएको छ । केयर होममा बस्ने ८६ हजार २ सय १९ जना सिनियर सिटीजनमा कोभिड पोजेटिभ देखिएको थियो । स्पेनमा बुधवारसम्ममा ७० हजार भन्दा धेरैको कोभिडको कारणले मृत्यु भएको छ । गत जुनदेखि फेब्रुुअरी २१ सम्ममा ३ड हजार ७ सय ७६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *