• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनद्दारा कोभिड डिजिटल पासपोर्ट जारी गर्न शुरु

Byspainnepal

Jun 8, 2021

स्पेनले पनि अन्य ७ वटा युरोपेली मुलुकले जस्तै डिजिटल कोभिड पार्सपोर्ट स्विकार र जारी गर्न शुरु गरेको छ । स्पेनमा गत सोमवार डिजिटल कोभिड पासपोर्ट सहित करिब ४० जना विदेशी स्पेन प्रवेश गरेका छन् । डिजिटल पासपोर्ट लिएकाहरुले स्पेन आउनका लागि कोभिड परिक्षण गर्नु पर्दैन भने क्वारेन्टाइन पनि बस्नु पर्दैन । स्पेनले अन्य युरोपेली देशले जारी गरेको उक्त क्युआर कोड सहितको सर्टिफिकेट स्विकार गर्ने छ भने स्पेनका आफ्ना नागरिकका लागि आफै पनि यस्तो सर्टिफिकेट जारी पनि गर्ने छ । यस्तो सर्टिफिकेट भ्याक्सिनको पुरै डोज लिएका र कोभिड निको भएकाहरुले पाउने छन् । स्पेनको आन्डुलुसिया, भ्यालेन्सिया र नाभारे राज्यले स्वास्थ्य सेवाको बेवसाइडबाट उक्त सर्टिफिकेट डाउनलोड गर्न सक्ने जनाएको छ भने ६५ बर्ष माथिकालाई हार्डकपी नै उपलब्ध गराइने छ ।


युरोपेली युनियनको संसदले उक्त डिजिटल कोभिड सर्टिफिकेटलाई स्विकृत गरिसकेको छ । अहिलेसम्म बुल्गारिया, चेक रिपक्लिक, डेनमार्क, जर्मनी, ग्रिस, क्रोयसिया र पोल्याडले पनि कोभिड डिजिटल सर्टिफिकेट दिन शुरु गरिसकेको छ । स्पेनले सोमवारबाट सवै देशका नागरिकलाई स्पेन आउन खुल्ला गरिसकेको छ । भारत, ब्राजिल, दक्षिण अर्फिकाबाट आउनेलाई क्वारेन्टाइन अनिर्वाय छ भने अन्य देशको लागि कोभिड डिजिटल सर्टिफिकेट या कोभिड परिक्षण रिपोर्ट भए पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *