• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

कोरोनाको डेल्टा भेरियन्ट स्पेन र पोर्चुगलमा समुदाय स्तरमा फैलिएको सरकारी भनाई

Byspainnepal

Jun 12, 2021

स्पेन र पोर्चुगलका सरकारी स्वास्थ्य अधिकारीहरुले भारतबाट शुरु भएको डेल्टा भनिने कोरोना भाइरसको भेरियन्ट समुदाय स्तरमा फैलन शुरु भएको बताएका छन् । यसले यि देशहरु सहित युरोपमा कोरोनाको अर्को लहर शुरु हुन सक्ने चेतावनी दिइएको छ । युरोप र विशेषगरी स्पेन र पोर्चुगलमा कोरोना बिरुद्धका प्रतिबन्धका नियमहरु ख्ुकुलो बनाइदै गर्दा मानिसहरुको चहलपहल र गतिबिधी बढेको छ ।
एलपाइसमा प्रकासित समाचारका अनुसार स्पेनको राजधानी म्याड्रिड क्षेत्रमा उक्त भेरियन्टको विरामी भेटिन थालेका छन् । पछिल्लो हप्तामा १८ वटा डेल्टा भेरियन्ट संक्रिमत बिरामी भेटिएका छन् । म्याड्रिडको जनस्वास्थ्य अधिकारी एलेना आन्द्राडास र आन्तोनियो सापातेरोले पछिल्लो १४ दिनमा म्याड्रिड क्षेत्रमा २२ वटा उक्त भेरियन्टका संक्रमित भेटिएको भन्दै उक्त भेरियन्ट समुदाय स्तरमा फैलन सक्ने चेतावनी दिएका छन् । उनीहरुले अबको केही हप्तामा डेल्टा भेरियन्टको संक्रमण तिब्र हुन सक्ने भन्दै सचेत हुन आग्रह गरेका छन् ।
कोरोनाको डेल्टा भेरियन्ट अन्य भेरियन्ट भन्दा ५० प्रतिसत छिटो फैलने बताइएको छ ।

यस्तै पोर्चुगलका सरकारी अधिकारीले पनि राजधानी लिस्वनमा डेल्टा भेरियन्टको संक्रमितहरु भेटिन थालेको भन्दै संक्रमण समुदायमा फैलन लागेको आशंका गरेका छन् । जुनको ९ तारिकसम्ममा उक्त भेरियन्टका ९२ जना संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य महानिर्देशनालयले अर्को २ सातामा यसको फैलावट तिब्र हुन सक्ने अनुमान गरेका छन् । पोर्चुगलमा उक्त भेरियन्ट नेपाली समुदायमा पनि फैलिएको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *