• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनको अधिकांश मोटरवे यो बर्षदेखि निशुल्क हुने

Byspainnepal

Mar 8, 2021


स्पेनको अधिकांश मोटरवे यो बर्ष देखि निशुल्क हुने भएको छ । मुख्यतया कातालोनिया क्षेत्रलाई आधार बनाएर यो बर्षको सेप्टेम्वर १ तारिक देखि ६सय ६४ किलोमिटर हाइवे टोल फ्रि गरिदैछ । स्पेनमा १७ हजार किलोमिटर हाइस्पिड रोड रहेको छ । जुन अमेरिका र चाइना पछि तेश्रो हो । त्यसमा करिब १४ हजार किलोमिटर हाइवे यसअघि देखि नै निशुल्क बनाइसकिएको छ । अब त्यसमा ६ सय ५० किलोमिटर थपिन लागेको हो । यसमा धेरे क्षेत्र एपी ७ को निशुल्क हुन बाकि रहेको क्षेत्र रहेको छ । सेप्टेम्वरपछि मुर्सिया देखि कातालोनियासम्म मोटरवेमा कुनैपनि शुल्क लाग्दैन । एपी २ को सारागोसा मेडिटिनारियो हाइवेको ७० किलोमिटर पनि निशुल्क हुनेछ । यस्तै कातालोनियाको सी ३२ र सी ३३ पनि यो बर्षदेखि टोलफ्रि हुनेछन् ।
दलोकलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *