• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

कोभिडले युरोपमा २२ लाख महिलाको जागीर गुम्यो, स्पेन सरकार भन्छ – पुुरुष भन्दा धेरै काम गर्छन तर महिला गरिव छन

Byspainnepal

Mar 8, 2021


नारी दिवसको दिन स्पेनका सडकहरुमा लाखौ महिला भेला भएर विभिन्न कार्यक्रमहरु हुने गर्थे तर यस बर्षको नारी दिवसमा स्पेनको कुनै पनि सडकमा महिला अधिकारबादीहरु देखिएनन् । लैङ्गिक समानताका लागि आवाज उठाउँदै गत बर्षको नारी दिवसमा राजधानी म्याड्रिडमा लाखौ महिला भेला भएका थिए । जुन बेला स्पेनमा कोरोना भाइरस प्रवेश गरिसकेको थियो । त्यसकोा एक हप्तामा स्पेन सरकारले देश ब्यापी लकडाउन गर्यो । धेरैले उक्त नारी दिवसको महिला भेलालाई अहिलेसम्म पनि आलोचना गरिरहेका छन् । यो बर्ष पनि धेरै महिला अधिकारकर्मीहरुले सडकमा कार्यक्रम गर्न पाउनुपर्ने माग गरेका थिए । यसबारेमा स्पेनमा धेरै बहस र बिरोधहरु पनि भए तर सरकारले यस्ता कार्यक्रमलाई बन्देज लगाएपछि स्पेनका महिला अधिकारकर्मीहरुले यो बर्षको नारी दिवस कार्यस्थलमा, घरमा र भर्चअल रुपमा मनाए ।
नारी दिवसका अबसरमा स्पेन सरकारले एक बक्तव्त निकालेर स्पेनमा पुरुषको तुलनामा महिलाले धेरै काम गर्ने तर उनीरु अझै पनि गरिब रहेको उल्लेख गरेको छ । सरकारले कोभिडको समयमा महिलाले गरेको योगदानको उच्च सम्मान गरेको छ । हेल्थ केयरमा ७० स्वास्थ्यकर्मी महिला रहेको छ भन प्रत्येक ५ महिलामा एक जनाले यो कोभिडको समयमा अर्को ब्यक्तिको हेरचाह गरेका छन् । एक तथ्यांक अनुसार कोभिडको कारणले पुरा युरोपमा २२ लाख महिलाले जागिर गुमाएका छन् । स्पेनमा ९ प्रतिसत महिला कामदारले जागिर गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *