• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

संसद् विघटन, २६ कात्तिक र ३ मंसिरका लागि चुनावको मिति सिफारिस

Byspainnepal

May 21, 2021

प्रधानमन्त्रीमा दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गरेको दावी नपुगेपछि संबैधानीक रुपमै प्रतिनिधि सभा बिघटन भएको छ ।
मन्त्री परिषदको आकस्मीक बैठकले संबिधान बमोजिम सरकार गठन हुने बाटो बन्द भएकोले ताजा जनादेशमा जानु पर्ने भन्दै संसद बिघटन गरी २०७८ कार्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिती तोक्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले जेठ ६ गते बिहिवार सांझ ५ बजेबाट सुक्रबार सांझ ५ बजे सम्म संबिधानको धारा ७६ को ५ बमोजिम सरकार गठनका लागि आब्हान गरेकोमा सो अनुरुपको सरकार गठन हुने अवस्था नभएपछि प्रतिनिधि सभा बिघटनको अवस्थामा पुगेको हो ।
संबिधानको धारा ७६ को ३ बमोजिम प्रधानमन्त्री नियुक्त एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत पाउने अवस्था नभएको भन्दै संबिधानको धारा ७६ ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रसस्त गरेका थिए ।
प्रधानमन्त्रीले नया सरकार गठनका लागि पहल गरेका बिपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत संसदहरुको हस्ताक्षर भन्दै दावी पेश गरेका थिए ।
देउवाले गरेको दावी गरेको १४९ जना सांसद र केपी शर्मा ओलीले गरेको १५३ जनाको दावीलाई शितल निवासले बिधी नपुगेको भन्दै खारेज गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *