• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

युकेका नागरिक सोमवारदेखि बिना पिसिआर स्पेन आउन पाउने

Byspainnepal

May 21, 2021
FILE PHOTO: People spend time at Barceloneta beach, amid the coronavirus disease (COVID-19) outbreak, in Barcelona, Spain April 2, 2021. REUTERS/Nacho Doce/File Photo
FILE PHOTO: People spend time at Barceloneta beach, amid the coronavirus disease (COVID-19) outbreak, in Barcelona, Spain April 2, 2021. REUTERS/Nacho Doce/File Photo

स्पेन सरकारले कोभिड खोप लिएका विदेशी नागरिकलाई आगामी जनवरी ७ तारिकदेखि स्पेन आउन दिने भएको छ । कोभिडको कारणले लामो समयदेखि समस्यामा रहेको पर्यटन क्षेत्रलाई टेवा दिने उद्देश्यले सरकारले टुरीजम क्षेत्रलाई पुन खुल्ला गर्ने भएको हो । तर युकेका नागरिक भने आगामी सोमवार देखि नै विना पिसिआर रिपोर्ट र विना क्वारेन्टाइन स्पेन आउन पाउने छन् । युुके स्पेनको टुरिष्टको सबैभन्दा ठुलो स्रोत हो । स्पेनले युकेका पर्यटकलाई स्वागत गर्ने जनाएपनि युकेले भने युकेले भने क्वारेन्टाइन लगायतका रिस्ट्रिक्सन कायमै राखेको छ । यद्यपी लामो समयदेखि बन्द रहेको टुरिष्ट आमगन खुल्ला गरिएपछि यो समरमा विशेष गरी हस्पिटालिटी क्षेत्रलाई राहत पुग्ने आशा गरिएको छ । स्पेनले पर्यटकका लागि फ्रान्सपछि बिश्वकै दोस्रो ठुलो गन्तब्य हो । स्पेनले २०१९ मा ८८ दशमलब ३ मिलियन पर्यटकलाई स्वागत गरेको हो । तर कोभिडको कारण गत वर्ष ७७ प्रतिसतले गिरावट आएर १९ मिलियन भन्दा कम पर्यटक भित्रिए । यो बर्ष ४५ मिलियन पर्यटकलाई स्वागत गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *