• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

Byspainnepal

Apr 14, 2021


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवासीय नेपालीलाई आह्वान गर्नु भएको छ ।
नववर्ष २०७८ का अवसरमा जुममार्फत विभिन्न देशमा रहेका नेपालीहरुलाई जुममार्फत सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो । नेपालबाट प्रधानमन्त्रीज्युका परराष्ट्र मामिला विज्ञ डा. राजन भट्राई, अध्यक्ष प्रवासी नेपाली एकता मञ्च अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदुत, गैर आविसीय नेपाल संघका पदाधिकारीहरु सहभागी हुनुभएको उक्त बैठकलाई प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्नुभएको थियो ।
नेपाली दुतावासकमा प्रमुखहरु गैर आवासीय नेपाल संघका पदाधिकारहरु र ति देशका नेपाली सँघसस्थाहरुलाइ नयाँ वर्ष २०७८ का अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा मै गर्नु उपयोगी हुने सन्देश विदेशी सम्म पुर्याउन आग्रह गर्नुभयो । ‘नेपालमा मजदुर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ र हड्ताल हुने अवस्था छैन भन्ने सन्देश आफूरहेको देशका लगानीकर्ताहरुलाई पुर्याइदिनुहोस्’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले गैर आवासिय नेपालीले राजनीतिक अधिकार बाहेक सबै हक अधिकार समान ढंगले पाउने समेत बताउनुभयो । ‘तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ‘,प्रधानमन्त्रीको भनाई थियो ।
आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनौट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा पनि उहाँको थियो । अमेरिकाकी उपराष्ट्रपति जस्तै आफु पुगेको देशको उच्च ओहोदामा पुग्नसक्ने कुरासम्बन्धी प्रसंगमा प्रधानमन्त्रीले भन्नुभयो, यसतर्फ जाने हो भने पनि शुभकामना छ, त्यसका लागि नेपालीहरुले अवश्य सहयोग पु¥याउने छन्, प्रधानमन्त्रीले भन्नुभयो ।
नेपाली जनता देश भित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्नसमेत प्रधानमन्त्रीले बताउनुभयो । ‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेम भाव र सहयोगी भाव राख्दछ र नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *