• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र स्पेनको सिनेट अध्यक्षबीच भेटवार्ता

Byspainnepal

Apr 13, 2021


स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले स्पेनस्थित समकक्षी सिनेट अध्यक्ष पिलर लोप कोयन्कासँग सिष्टाचार भेट गर्नु भएको छ । म्याड्रिड स्थित प्रेसिडेन्ट अफ सिनेट कार्यलयमा भएको भेटमा उहाँहरुबीच दुुइपक्षीय हीतका विविध विषयमा कुराकानी भएको नेपाली दुतावास म्याड्रिडले जनाएको छ । अध्यक्ष तिमिल्सेनाले सिनेट अध्यक्षको कार्यलयमा रहेको अतिथी पुस्तिकामा हस्ताक्षर गर्नु भएको छ । उक्त भेटका अबसरमा सुमधुर र मित्रणपुर्ण रहेको दुइदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने्बारे कुराकानी भएको छ । कोरोना महामारीका कारण ज्यान गुमाएका दुवै देशका नागरिकप्रति शोक ब्यक्त गर्दै यस महामारीबाट मुक्त हुन दुवै देश मिलेर काम गर्नेबारे सहमती भएको छ । यस्तै महामारीसँग लड्न बहुपक्षीय संस्थाहरुलाई बलियो बनाउनेबारे उक्त भेटमा कुनाकानी भएको छ । अध्यक्ष तिमिल्सेनाले कोभ्याक्स प्रणालीमा योगदान गरेकोमा स्पेनलाई धन्यवाद दिनुभयो । यसबाट नेपालले पनि लाभ लिइरहेको छ ।

उक्त अबसरमा अध्यक्ष तिमिल्सेनाले स्पेनमा १० हजारको हाराहारीमा नेपालीहरु बसिरहेको भन्दै कोरोना माहामारीको समयमा नेपालीहरुलाई पनि सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद दिनुभयो । उहाँले स्पेनमा रहेका नेपालीहरुको कारण नागरिक/नागरिक तहमा दुवैको सम्बन्ध स्थापित गर्न सहज भएको बताउनुभयो । साथै प्रत्येक बर्ष ठुलो संख्यामा स्पेनिस पर्यटक नेपाल जाने भन्दै यसलाई अझै बढावा दिनुपर्ने बताउनुभयो । सो अबसरमा स्पेनिश सिनेट अध्यक्ष कोयन्काले अहिलेको जटिल अबस्थामा पनि प्रविधिको माध्यमबाट दुईदेशको बीचमा सम्पर्क बढाउनुपर्ने भयो । दुवैपक्षबीच संसदीय अभ्यासका अनुभव आदानप्रदान गर्ने सहमती भएको छ । सो अबसरमा अध्यक्ष तिमिल्सेनाले दुुईदेशबीचको सम्बन्धलाई थप उचाइमा लैजान दुवै देशको उच्चतहको भ्रमण जारी राख्नुपर्ने भन्दै सिनेट अध्यक्ष कोन्यकालाई नेपाल भ्रमणको निमन्त्राणा दिनुभयो ।
उक्त द्धिपक्षिय भेटमा स्पेनका लागि नेपाली राजदुत दावा फुटी शेर्पा र नेपाली दुतावासका द्धितिय सचिव अर्जुन अधिकारी र स्पेनको तर्फबाट सिनेट क्याविनेट निर्देशक आना मारिया, सिनेटको अन्राष्ट्रिय सम्बन्ध निर्देशक सिल्भिया मार्टि साञ्चेज, सिनेटको संस्था सम्बन्ध निर्देशक अन्ना इजपुरु सेगुराको उपस्थिती रहेको थियो ।

लुम्बिनी गार्डेन फाउन्डेशनको निमन्त्रणामा स्पेनको काथेरेसमा आयोजना भएको शान्ति सम्मेलनमा सहभागी हुन अध्यक्ष तिमिल्सेना सहित लुम्बिनी क्षेत्रका मेयरहरुको टोली स्पेन भ्रमणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *