• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

लकडाउनका कारण स्पेनमा ८० बर्षयताकै कम बच्चा जन्मिए

Byspainnepal

Mar 11, 2021


स्पेनमा कोरोना संक्रमणका कारण भएको लकडाउनका कारण जन्मदरमा प्रभाव पारेको छ । धेरैको अनुमान लकडाउनका कारण जन्मदर बढ्ने भएपनि तथ्यांकले त्यसको उल्टो आकाडा देखाएको छ । कोरोनाका कारण मार्चदेखि अप्रिलसम्म करिब साडे २ महिना भएको लकडाउनका कारण त्यसको ९ महिनापछिको तथ्यांक हेर्दा गत डिसेम्वरमा स्पेनमा सन् १९४१ पछिकै सबैभन्दा कम बच्चा जन्मिएका छन् । गत डिसेम्बरमा २३ हजार २ सय २६ जना बच्चा जन्मिएका छन् । यो अघिल्लो डिसेम्बर भन्दा २० प्रतिसतले कम हो । लामो लकडाउन र कोरोनाका कारण विश्वब्यापी रुपमा आएको अन्यौलताले गर्दा मानिसहरु परिवार योजनाका बारेमा गम्भिर भएको देखिएको छ । कोरोनाले ल्याएको आर्थिक समस्याका कारण मानिसहरुले बच्चा जन्माउन नचाहेको देखिएको छ । युरोपमा माल्टापछि सवै भन्दा कम बच्चा जन्मने देशमा स्पेन दोस्रोमा छ । गत डिसेम्बरमा इटालीमा २१ प्रतिसत र फ्रान्समा १३ प्रतिसतले जन्मदर घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *