• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

स्पेनमा कोभिड प्रभावित ब्यवसायलाई सहयोग गर्न ११ अर्बको प्याकेज पारित

Byspainnepal

Mar 12, 2021


स्पेन सरकारले कोरोना प्रभावित ब्यवसायिक प्रतिस्ठानहरुलाई सहयोग गर्न ११ अर्ब युरोको राहत प्याकेज शुक्रवार पारित गरेको छ । यसमा ७ अर्ब फिर्ता गर्न नपर्ने गरी त्यस्ता कोभिड प्रभावित ब्यवसायलाई डाइरेक्ट सहयोग गरिनेछ भने ३ अर्ब सरकार ग्यारेन्टी बसेर बैंकहरु मार्फत ऋण प्रदान गरिने छ र १ अर्ब सरकारले सञ्चालन गरेका मझौला कम्पनिहरुको पुर्नउत्थानका लागि खर्च गरिने छ । कोभिड प्रभावित ब्यवसायहरुले यस्तो सहयोग लिनका लागि कोभिडले प्रभाब पारेर आफ्नो ३० प्रतिसत नोक्सान भएको प्रमाणित गर्नुपर्ने छ । यो नगद सहयोग निश्चित खर्च तथा ऋण चुक्ता गर्न खर्च गर्न सकिने छ । यस्तो सहयोग स्वरोजगार कामदारलाई ३ हजार युरो देखि मझौला र ठुला ब्यवसायलाई ४ हजार देखि २ लाख युरोसम्म दिइने छ ।
यो स्पेनको केन्द्र सरकारले घोषणा गरेको अहिलसम्मकै ठुलो कोभिड राहत प्याकेज हो भने ब्यवसायलाई स्पेन सरकारले गर्न लागेको यो सहयोग सन् १९८० मा स्पेन युरोपियन युनियनमा जोडिएपछिको सबैभन्दा ठुलो हो । उक्त सहयोगको विशेष अंश सवैभन्दा धेरै प्रभावित बालेरिक र क्यानरी आइसल्याडको टुरिजम क्षेत्रलाई छुुट्टयाइने छ । कोरोनाका कारण बालेरिक आइसल्याण्डको जिडिपी २७ प्रतिसत र कानरी आइसल्याण्डको जिडिपी २० प्रतिसतले घटेको छ । स्पेन सरकारले बेरोजगार कामदारलाई तलवको ७० प्रतिसतको हिसावले ४० अर्ब युरो खर्च गरेको छ भने २४ अर्ब क्षेत्रीय सरकारहरुलाई दिएको छ ।
गत बर्ष सन् २०२० मा स्पेनको अर्थतन्त्रमा ११ प्रतिसतको गिरावट आएको छ । श्रम मन्त्रालयको आकडा अनुसार करिब ४० लाख कामदार बेरोजगार बनेका छन् । सन् २०१९ को तुलनामा स्पेन सरकारको सार्वजनिक खर्च १० प्रतिसतले बढेर १३ खर्ब पुुगेको छ । स्पेनमा कोरोना भाइरसबाट अहिलेसम्म ३१ लाख भन्दा धेरै संक्रमित भएका छन भने ७३ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *