• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

राजनीतिक नियुक्ति गरिएका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

Byspainnepal

Sep 21, 2021

सरकारले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले राजनीतिक आधारमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
राजनीतिक नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् भने परराष्ट्र सेवाका राजदूत भने यथावत रहने कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

फिर्ता हुने राजनीतिक नियुक्त भएका राजदूतहरु
बंगलादेश- बंशिधर मिश्र
चीन- महेन्द्रबहादुर पाण्डे
भारत- निलाम्बर आचार्य
इजरायल- अञ्जान शाक्य
जापान- प्रतिभा राणा
मलेसिया- उदयराज पाण्डे
ओमान- शर्मिला पराजुली ढकाल
कतार- नारदनाथ भारद्वाज
दक्षिण अफ्रिका- निर्मलकुमार विश्वकर्मा
स्पेन- दाबा फुटी शेर्पा
बेलायत- लोकदर्शन रेग्मी
अमेरिका- युवराज खतिवडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *