• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

युरोपमा कोरोनाको नयाँ लहर, फ्रान्समा एकैदिन ५० हजार संक्रमित, स्पेनमा ७ हजार

Byspainnepal

Apr 1, 2021

युरोपेली देशहरुमा कोरोनाको नयाँ लहर शुरु भएको छ । इस्टरको पुर्वसन्ध्यामा शुरु भएको कोरोनाको नयाँ लहरले धेरै देशरुलाई चिन्तित बनाएको छ । फ्रान्समा कोरोनाको तेस्रो लहर शुरु भएपछि लकडाउन कडा पारिएको छ । त्यहाँ अहिले दिनकै ५० हजार भन्दा धेरै संक्रमण देखिएको छ । बिहीबार फ्रान्समा ५० हजार ६सय ५९ नयाँ संक्रमण देखिएको छ । ३ सय ८ जनाको मृत्यु भएको छ भने ५ हजार भन्दा धेरै आइसियुमा छन् । बुधवार ५९ हजार नयाँ संक्रमण थियो ।
यस्तै इटालीमा २३ हजार नयाँ संक्रमण देखिएको छ भने ५ सयको ज्यान गएको छ । यस्तै चौथो लहरको चेतावनीका बीच स्पेनका केही क्षेत्रहरुमा उच्च जोखिम बढेको छ । बिहिबार स्पेनमा ७ हजार ४१ नयाँ संक्रमण भएको छ भने ८२ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *